अखिल क्रान्तिकारीको एकताको २१ औँ सम्मेलन उद्घाटन, बन्दसत्र आजबाट (फोटो फिचर सहित)!

श्याम राना मगर

८ भदौ, काठमाडौं ।

‘राष्ट्रिय एकता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठनको लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन हिजोबाट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष साथै पुर्व प्रधानमन्त्री प्रचण्डले बबरमहलस्थित एक पार्टी प्यालेसमा सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

सम्मेलनको बन्द सत्र भने आज बिहीबारबाट त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु हुने भएको छ । सम्मेलनमा आयोजक समिति सदस्य र प्रतिनिधि गरेर कुल २ हजार ७६ जना सहभागी छन् ।

सम्मेलनको बन्दसत्रले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

हिजोको उद्घघाटन कार्यक्रममा माओवादी कमजोर भयो अब परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेकाहरुको अहिले माओवादीहरुको एकताले गर्दा सातो गएको प्रचण्डले बताउनु भएको थियो । साथै पार्टीले कुनै पनि हस्तक्षेप नगर्ने बताउँदै स्वंय विद्यार्थीहरुबाट स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्वमा आउन समेत विद्यार्थीहरुलाई सुझाउनु भएको थियो ।

साथै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष अमृता थापा, वाईसीएल नेपालका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना दिनु भएको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)