खपाङ्गीसँग विद्यार्थीहरुको भेटघाट !

६ साउन
काठमाण्डौ

नेपाल मगर विद्यार्थी संघका पुर्व महासचिव तथा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरलाई आज नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले स्वागत सम्मान सहित भेटघाट गरेको छ ।

बागबजारको अराधना क्याफेमा आयोजित भेटघाट कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका सल्लाहकार अधिवक्ता गौ बहादुर आले मगर, पुर्व अध्यक्षहरु राम बहादुर थापा मगर, झकेन्द्र घर्ति मगर, भोजविक्रम बुढा मगर, माधब दर्लामी मगर लगायत संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा खपाङ्गीले आफु जहाँ पुगे पनि नेपाल मगर विद्यार्थी संघले नेतृत्व साथै संगठनको महत्वलाई बुझ्न आफुलाई ठुलो मद्धत गरेको हुदाँ यस संघलाई कहिले पनि नभुल्ने कुरा बताउँदै अब नयाँ विद्यार्थीहरुलाई मगर समुदायको सँगसँगै सवैको साझा नेतृत्वको रुपमा आफुलाई विकास गर्दै लैजान समेत सुझाउनु भएको थियो ।


कार्यक्रम संघका अध्यक्ष कमल थापा मगरको अध्यक्षता साथै महासचिव हिमाल पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)