आचार्य पत्रकार महासंघको अध्यक्षमा !

युवराज राना मगर

६ साउन
काठमाण्डौ

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य विजयी हुनुभएको छ ।

आचार्यको समूहले पदाधिकारी सहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ ।

नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिनुभएका आचार्य प्रेस सेन्टर समर्थक हुनुहुन्छ । आचार्यको समूहले पदाधिकारीसहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ । कोइराला प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

त्यसैगरि उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दीलिप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति तर्फका सचिवमा उदय जीएम, मधेशी तर्फ सचिवमा शितलप्रसाद महतो, दलीत सचिवतर्फ रेमबहादुर विश्वकर्मा, एसोसियट तर्फ प्रकाश थापा विजयी हुनुभएको छ ।

यस्तैगरि कोषाध्यक्षमा राजेश मिश्र, लेखासमिति संयोजकमा रोशन पुरी विजयी हुनु भएको छ । लेखासमिति सदस्यहरूमा खुलातर्फ भुपेन्द्र आचार्य र महिलातर्फ मीरा राजभण्डारी चयन हुनु भएको छ ।

त्यस्तै दलित तर्फ गोपाल बराइली, सुर्य विक, आदिवासी जनजाती तर्फ राजेश चाम्लिीङ राई, मधेश तर्फ अबधेश झा, सुरेशकुमार यादब, अपांगता तर्फ माधव चम्लागाँई, अल्पसंख्यक तर्फ मोहमद इजहारुल हक मिकरानी विजयी हुनुभएको छ भने काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा लेखनाथ न्यौपाने र गोविन्द चौलागाँई विजयी हुनुभएको छ ।
यसैगरी, महिला सदस्यमा सिर्जना अर्याल, जानुका बराल र श्वेता सिन्हा विजयी हुनुभएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)