कास्कीका मगर विद्यार्थीले गरे लखनचोक सरसफाई / सरसफाई पछि ५० वटा फूल पनि रोपियो !

प्रेम रोका मगर
भदौ ३, पोखरा

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले शनिबार आफ्नो मासिक बैठकको अवसर पारेर नेपालकै सुन्दर मानिने पोखरामा अवस्थित लखनचोकको सरसफाई गरेको छ । सरसफाई पछि करिब ५० वटा विरुवा फूल पनि रोपिएको छ ।

नेपालका प्रथम शहिद क्या. लखन थापामगरको शालिक रहेको लखनचोकलाई मगर विद्यार्थी संघ कास्कीले सधैंजसो मासिक बैठक सकेपछि सरसफाई गर्दै आएको भएपनि केही समययता यसलाई निरन्तरता दिन सकेको थिएन त्यसैले लखनचोक सरसफाईलार्ई पुनः निरन्तरता दिने र समयानुकुल फूलका विरुवा पनि रोप्ने संघका अध्यक्ष दिनेश रोकामगरले जानकारी दिए ।
यो सिजनमा विशेष गरी हरियो भुँई घाँस पलाउने भएकोले यसलाई काटेर फूलका विरुवा रोपिएको छ, “यसलाई निरन्तर सफाई गछौं” संघका सचिव प्रेम बुढामगरले भने “हामी नेपाल मगर संघ, कास्कीसँग सहकार्य गरेर अघि बढेका छौं” । मगर संघ कास्की र मगर विद्यार्थी संघ कास्कीले आपसमा सहकार्य गरेर निरन्तर यस्ता कार्य अगाडि बढाउने सचिव बुढामगरले जानकारी दिए भने कार्यक्रममा लखनचोक सरसफाई हुँदा हरेक पटक फूलको विरुवा दिएर सहयोग गर्नुहुने समाजसेवी प्रेम बहादुर रानामगरलाई संघको तर्फबाट विशेष धन्यवाद दिइएको थियो ।

करिब ३० जना सहभागी भएको उक्त सरसफाई कार्यक्रममा मगर बौद्ध सेवा समाजका अध्यक्ष चन्द्र बहादुर थापामगरले “नेपालमा मगर जाति र बुद्ध धर्म” नाम पुस्तक वितरण गर्नुुहुँदै मगर समुदायको धर्म भनेको बौद्ध नै रहेको उल्लेख गर्नुभयो । त्यस्तै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य प्रेम रोकामगरले मगर विद्यार्थी संघ कास्की एक नमूना मगर विद्यार्थीको रुपमा स्थापित गराइने बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङकी क्षेत्रीय पार्षद एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)की सदस्य सञ्चारकर्मी कविता घर्तीमगरले मगर विद्यार्थीले गरेका यस्ता सृजनात्मक कामलाई मिडियामा समेत्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सरसफाईमा सहभागी हुन पाउँदा आफू खुसी रहेको बताउनुभयो भने आगामी दिनमा पनि यस्तै गतिविधिहरू गर्दै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै सरसफाई कार्यक्रममा अन्य नयाँ मगर विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

बिहान ७ बजे देखि शुरू गरिएको लखनचोक सरसफाई १० बजे सम्म चलेको थियो सरसफाईपछि संघको बैठक लखनचोकमै बसिएको थियो । संघका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम तथा बैठकको सञ्चालन सचिव प्रेम बुढा मगरले गरेका थिए भने स्वागत उपाध्यक्ष तुल्सी पूर्जामगरले गरेका थिए ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)