भाषिक निति र अबको बाटो खोज्दै भाषाविद्हरु !

श्याम रानामगर
२७ साउन
काठमाण्डौ 

भाषाविद्, भाषाअभियन्ता र सम्वन्धित निकायका व्यक्तिहरुले नेपालको संविधानमा भाषिक नीति के ? र अबको बाटो के ? भनि अन्तरक्रिया कार्यक्रम मार्फत बाटो खोज्ने प्रयत्न गरेका छन् ।

नेपाल सरकार आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हल जावालाखेल ललितपुरमा आज आयोजना गरेको नेपालको संविधानमा भाषिक नीति र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उक्त प्रयास गरेका हुन् ।

कार्यक्रममा भाषाविद् तथा मातृभाषी अभियन्ता अमृत योञ्जन तामाङले सरकारी कामकाजको भाषा निर्धारण विषयक कार्यपत्र, डा. तारामणी राईको मातृभाषाको संंरक्षण, संवर्धन, प्रयोग र विस्तार र डा. प्रेम फ्याकको बहुभाषिक शिक्षा नीति, भ्रम र शिक्षण सिकाई विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रहरु माथि मानवअधिकारवादी नेता मल्ल के सुन्दर, प्रा.डा. माधव घिमिरे, प्रा.डा.दानराज रेग्मी, भाषाविद् लोकबहादुर थापामगर लगायतका सहभागीहरुले कार्यपत्रमाथि टिप्पणी तथा सुझाव राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा भाषा आयोगका अध्यक्ष माननीय डा.लबदेव अवस्तीको प्रमुख आतिथ्यता र प्रतिष्ठानका सदस्य सचिव गोविन्द लाल माझीको स्वागत मन्तव्य र प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)