नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायलाई फलफुल वितरण !

कृष्ण आले
साउन २७ गते, बेसीशहर लमजुङ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायहरुलाई फलफुल बितरण गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १८औं स्थापना दिवसको अवसरमा बेसीशहरमा फलफुल वितरण गरेको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङले लमजुङ सामुदायिक अस्पतालका बिरामी र बेसीशहरस्थित मानवसेवा आश्राममा आश्रित मानवहरुलाई फलफुल बितरण गरेको हो । लमजुङ सामुदायिक अस्पतालमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङ, लमजुङ सामुदायिका अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटा, घले समाजका अध्यक्ष बीरसिङ घले, नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सभासद र प्रदेश सभासद लगायत फोनिज लमजुङका पत्रकारहरुले फलफुल बितरण गरेका थिए । लमजुङ सामुदायिका अस्पतालमा ५५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो । त्यस्तैगरी सडक मानवहरुको सेवामा क्रियशील संस्था मानवसेवा आश्राममा आश्रित ४ जना मानवहरुलाई फलफुल वितरण गरेको थियो । फलफुल वितरणको क्रममा मानवसेवा आश्रामका अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान संगित नेपालीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा भएको परोपकारी कामको प्रशंसा गर्नुभएको थियो ।

लमजुङमा रहेका आदिवासी जनजाति संगठनहरुका निष्किृयताले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङलाई असर परेको फोनिजका अध्यक्ष कृष्णबहादुर आलेले बताउनु भयो । नेपाल आदिवासी जनजातिका संगठनहरुको सक्रियताका लागि महासंघको स्थापना दिवसको अवसरमा बिरामी र असहायलाई फलफुल वितरण गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष आलेले जानकारी दिनु भयो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)