संविधान संसोधनकै माध्यामबाट माग पुरा गर्दै जानुपर्ने सभामुखको आग्रह !


श्याम राना मगर
२६, साउन
काठमाण्डौ

सम्माननिय सभामुख ओनसरी घर्ती मगरले नेपाली जनताले रगत र पसिना बगाएर आफैले लेखेको संविधानमा राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौम सत्तालाई खलल पु¥याउने खालका बाहेक हरेक प्रावधानहरुलाई संसोधन गर्न सकिने भएकाले आदिबासी जनजातिहरुका जायज मागहरु पनि संविधान संसोधनकै माध्यामबाट पुरा गर्दै जानुपर्ने र भएका प्रावधानहरुलाई कार्यान्वयन गर्दै लैजानको लागि सवैको ध्यान केन्द्रित हुनुपर्ने कुरा बताउनु भएको छ ।

२३ औँ विश्व आदिबासी दिवशको उपलक्ष्यमा नेपाल आदिबासी जनजाति महासंघले गत सोमबार काठमाण्डौमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा सभामुखले उक्त कुरा बताउनु भएको हो । शुभकामना व्यक्त गर्दै आदिबासी जनजातिका हकहित र अधिकार स्थापित गराउन व्यवस्थापिका संसद भित्र संविधानको प्रावधानमा रहेर अहोरात्र खट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)