फोनिजद्वारा पत्रकार गुरुङ सम्मानित !

आशिष सूर्यवंशी
बुटवल, २५ श्रावण

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा अग्रज पत्रकार भिम प्रसाद गुरुङ सम्मानित हुनु भएको छ ।

फोनिज रुपन्देहीले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट गुरुङलाई सम्मान गरेको हो ।

पत्रकार गुरुङ उक्त पत्रकारिता पुरस्कार स्थापना गर्ने फोनिजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । १८ वर्ष अगाडि स्थापना भएको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा २०६५ सालमा बुटवलको राजमार्ग चौराहामा सडक दुर्घटनामा परी मृत्यु भएका पत्रकार पाटाको स्मृतिमा स्थापना भएको यो पुरस्कारको आठौं पटकको पुरस्कारबाट गुरुङ सम्मानित हुनु भएको हो ।

स्थापना दिवसको अवसरमा बुटवल स्थित अम्रपाली पार्टी प्यालेसमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गुरुङलाई सम्मान गर्दै आदिवासी जनजाति समुदायको हक हितमा निरन्तर लागेका अग्रज पत्रकारलाई सम्मान गरेर उक्त क्षेत्रमा लाग्ने पत्रकारहरुलाई हौसला थप्ने कार्य भएको उल्लेख गर्नु भयो । उहाँले मरेर सबै छोडेर जानु पर्ने भएकाले पछिका पिढीले अनुकरण गर्ने खालका कार्य गर्न सबै पत्रकारहरुलाई आग्रह समेत गर्नु भयो ।

उहाँले बुटवलको विकासमा पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै सुन्दर, शान्त र नमूना बुटवल बनाउनमा योगदान दिन सुझाव समेत दिनु भयो ।

फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, कोषाध्यक्ष सुन्दर तरामुको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सि., नेपाल तामाङ घेदुङ रुपन्देहीका अध्यक्ष कुमार तामाङ, सम्मानित हुनु भएका पत्रकार भिम गुरुङ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ रुपन्देहीका सदस्य विरबहादुर लामा, नेपाल मगर संघ रुपन्देहीका सदस्य भोजबहादुर बुढाथोकी, गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष सुर्यलाल गुरुङ, नेपाल मगर संघ बुटवलका अध्यक्ष गोपाल बहादुर चौहान, मगर महिला संघ बुटवलकी अध्यक्ष माया गलामी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा राससका लुम्बिनी इन्चार्ज भरत के.सि., प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार छनोट समितिका संयोजक यम राना, प्रेस युनियन रुपन्देहीका अध्यक्ष विक्रम खड्का, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस सेन्टरका अध्यक्ष भुवन कार्की, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्याम पोख्रेल, लखन थापा स्मृति पार्क वनवाटिकाका अध्यक्ष माथवरसिंह सलामीमगर, नेवा पुचका पूर्व अध्यक्ष अरुणलाल श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, लगायत मगर संघका पूर्व नगर अध्यक्षहरु किशन थापामगर, जनक थापामगर, मगर संघ बुटवलका पूर्व सचिव मनोज रानामगर, जनजाति युवा संघ बुटवलका अध्यक्ष झवेन्द्र थापा, फोनिजका सल्लाहकार सरु राना, नारायणी पाटा लगायत पत्रकार समाजवेशीहरुको सहभागिता रहेको थियो । फोनिजले हरेक वर्ष श्रावण २७ गते स्थापना दिवस मनाउदै आएको छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)