एकेडेमिक राईटिङ वर्कशप तथा सम्मान कार्यक्रम सम्पन्न !

श्याम राना मगर
साउन २५
काठमाण्डौ

२३ औ विश्व आदिबासी दिवशको अवसरमा नेपाल आदिबासी जनजाति  विधार्थी महासंघ त्रिभुवन विश्वविद्यालय समन्वय समिति किर्तिपुरले एकेडेमिक राइटिङ वर्कशप तथा सम्मान कार्यक्रम गत  सोमबार  सिनास हल त्रि. वि. मा  सम्पन्न गरेको छ ।

वर्कशपमा लेखक राजेन्द्र महर्जन र सह प्रा. डा. जनक राईले जर्नल तथा विभिन्न पत्रपत्रिकाहरुमा लेखरचनाहरु कसरी लेख्ने साथै लेखरचनालाई कसरी स्तरिय र प्रभावकारी बनाउने लगायतका लेखन सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

त्यसैगरि कार्यक्रममा नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष राम बहादुर थापा मगरलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ त्रि. वि. समन्वय समितिका अध्यक्ष अशोक राईको अध्यक्षता र नेपाल आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझी प्रमुख आतिथि रहेको कार्यक्रमको सञ्चालन सविच दिलकुमार लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)