कलाकारहरुको सुरक्षाको माग राख्दै म्याग्दी कलाकार संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो !

श्याम राना मगर 
२२ साउन
काठमाण्डौ

नेपाल सरकारका गृहमन्त्री माननिय जनार्दन शर्मा प्रभाकरलाई म्याग्दी कलाकार संघ काठमाण्डौँले गत शुक्रबार सिंहदरबारमा पुगेर ज्ञापन पत्र बुझाएको छ ।


ज्ञापन पत्रमा नेपाली जनता तथा राष्ट्रको साँस्कृतिक पहिचानलाई जिवीत राख्न अमुल्य योगदान दिन महत्वपुर्ण भुमिका निर्वाह गर्ने रात्रीकालीन व्यवसायमा क्रियाशील दोहोरी साँझका कलाकार साथै सम्पुर्ण गीतसंगीतको विधामा क्रियाशील कलाकारहरुको पुर्ण शान्ती सुरक्षाको साथ गौरवमय पुर्ण तरिकाले जीवनयापन गर्ने वातावरण सिर्जना होस् भनि उल्लेख गरिएको छ ।

संघका अध्यक्ष विल पुर्जा सहित पुगेको टोलीले उर्जामन्त्री रहदाँ लोडसेडिङ हटाउँदै उज्यालो नेपालको अभियान ल्याई प्रशंसनिय काम गर्दै नेपाली जनताको मन जित्न सफल भएकोमा साथै गृहमन्त्रीको कार्यकाल पनि सफल रहोस भन्दै बधाई ज्ञापन साथै शुभकामना समेत व्यक्त गरेको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)