इजरायलमा गोर्खा एसोसिएसनको आयोजनामा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च भब्य रुपले सम्पन्न !

जुलाई ३१ तेल अभिव

इजरायलको तेल अभिवमा पनि इजरायल गोर्खा एसोसिएसनको अयोजनामा Global gorkha Unity Marcha भब्य रुपले सम्पन्न भएको छ । हिजो जुलाई ३० को दिन बिस्वभरिनै अयोजना गरिएको Global gorkha Unity Marcha कार्यक्रम तेल अभिवको लेबिन्सकी पार्कमा बेलुका ठिक ९ बजे सुरु भएको सो कार्यक्रम एसोसिएसनका अर्चना गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथि नेपाली समुदायको तर्फबाट समाजसेवी तथा डिजे बिपिन तामांग रहनु भएको थियो । बिर शहिदहरुलाई श्रदान्जली स्वरुप मैनबत्ती बालेर कार्यक्रम शुरु भएको थियो ।भारतको राष्ट्रिय गानबाट अगाडी बढेको कार्यक्रममा रुबल लामाले स्वागत मन्तब्य दिनुभएको थियो भने प्रमुख अतिथि बिपिन तामांगले गोर्खाल्याण्ड प्राप्तिको लागि शुभकामना दिनु भएको थियो ।

विवेक लामा र रिदम बान्तवाको देश प्रेमले भरिएको सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षकको रुपमा रहेको थियो ।गित र संगीतको बिचमा we want Gorkhaland का नाराहरु समाबेश गरिएको थियो ।कार्यक्रमको अन्त्यमा सभापति अर्चना गुरुङले गोर्खा एसुसिएसन इजरायलको कार्यक्रमलाई नैतिक तथा आर्थिक रुपले सहयोग गर्नु हुने सम्पूर्ण संघ सस्थालाई धन्यवाद दिंदै ,दार्जिलिंग लगायतका ठाउहरुमा राज्य सरकारले गरेको दमनको बिरुद्ध गर्नु हुँदै इन्टरनेट सेवा ,बिजुली बत्ति साथै अति आवस्यक खानपानका सामानहरु बन्द गरेकोमा आक्रोश ब्यक्त गर्नु भएको थियो ।सो कार्यक्रम चौहान कुमार किशोरी लालले संचालन गर्नु भएको थियो ।यसै गरि इजरायलको हाइफा शहरमा पनि दिनको २ बजे देखि ५ बजे सम्म सफलता पुर्बक सम्पन्न भएको थियो ।

साभार: फिस्टेलन्युज.कम

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)