नेपाल मगर संघ शाखा यूएई फुजैराह क्षेत्रीय समितिकाे अधिबेशन सम्पन्न !

ज्ञावत राना मगर (चन्द्र)
जुलाई २८, २०१७, यूएई फुजैराह |

२८/०७/२०१७ मा यूएईको फुजैराह सहर स्थित माधब पार्कमा नेपाल मगर संघ शाखा यूएई क्षेत्रीय समिति फुजैराह अधिबेशन क्षेत्रीय समितिका उपध्यक्ष श्री हिमाल रासकोटी मगर ज्यूकाे अध्यक्षतामा र नेपाल मगर संघ साखा यूएईका केन्द्रीका संरक्षक प्रमुख श्रीमति सुनीता राना मगर ज्यूकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको थियाे । उक्त कार्यक्रम संचालन नेपाल मगर संघ शाखा यूएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष श्री यमन घर्ति मगर ज्यूले गर्नुभएको थियाे ।

नेपाल मगर संघ शाखा यूएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष श्री यमन घर्ति मगर ज्यूले पुरानो समिति बिघतन भएको र श्री हिमाल रासकोटी मगर ज्यूकाे अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिति गठन भएको घाेषणा गर्नुभएको थियाे ।

उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा यूएईका केन्द्रीय संगठन प्रमुख श्री चन्द्र राना मगर ज्यूले बोल्नु हुदै मगर जातिको लोप हुन लागेको भाषा, लिपि, भेषभूषा, धर्म, संस्कृति, र पहिचानलाई हामी मगरहरु देश विदेश जहाँ रहेपनि बचाउनको र बचाई राख्न आज हामी प्रबाशमा रहेर नेपाल मगर संघ शाखा यूएई छाता मुनि रही हतेमालो गर्दै आघाडी बढ्नु पर्छ, आज मैले लेखेको भाषा र बोलेको भाषा, नेपाली भाषा हो जसलाई हामीले काम काज देखी लिएर हरेक ठाउँमा प्रयोग गर्दै आएका छौ, यदि हामीले मगर भाषा र लिपि जाने बुझेको भए आज मैले यस जातीय संस्थामा मेरो मातृ भाषामा बोली रहेको हुन्थे हरेक लेखन मगर भाषा मै लेख्थे, किन की हाम्रो मातृ भाषा, लिपि, भेषभूषा, धर्म, संस्कृति, पहिचान लोप हुदै गएको छ, नयाँ कार्य समितिलाई शुभकामना दिनुहुदै आज हामी मगर हरु यस प्रबाशमा किन जम्म भएका छौ भन्ने बिसयमा, मगर जातिको लोप हुन लागेको भाषा, लिपि, भेषभुषा, संस्कृति, पहिचान लाई उत्थान, संरक्षण, सम्बर्द्धन र बिकासका साथै हामी प्रबासबाटै पनि मगर जाती मात्रैमा नभएर हरेक जात जाती र नेपाली संघ संस्थासंग हातेमालो गर्दै प्रबासमा भैपरी आउने समस्याहरुलाई हल गर्दै आफ्नो मगर पहिचान, अस्तित्व र अधिकार प्राप्तिका लागि बिश्वमा छरिएर रहेका मगरहरुलाई एक्यवद्धता गराउने थप प्रयास गरेका हौ भनेर भन्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा नेपाल मगर संघ साखा यूएईका सस्थापक सदस्य श्री लाल बहादुर सिंजालि मगर ज्यूले अाफु हरुले २००५ दखि लगातार लागेर यहाँ सम्म लिएको र अागामि दिनमा नया पिढिले अझै राम्रोसँग यश सस्थालाई अगाडि बढाउन शुभकामना दिनुभएको थियोे । त्यसै गरि नेपाल मगर संघ साखा यूएईका बरिस्ठ उपाध्यक्ष श्री टंक थापा मगर ज्यूले मगर संघलाई बिगार्ने प्रमुख तत्व भनेकाे राजनिति हाे ,राजनितिक बहसहरु यश सस्थाभित्र नगर्न सल्लाह सुझाब दिनुभएको थियाे । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ शाखा यूएईका प्रमुख संरक्षक श्रीमती सुनिता राना थापा ज्यूले मगर संघ फुटेर हाेइन जुटेर अगाडि बढ्नुपर्ने र सबै मगर हरुलाई एक जुट भएर भएर अगाडि बढ्न अाग्रह गर्नुभएको थियो , अन्तमा कार्यक्रमका अध्यक्ष श्री हिमाल रास्काेटि मगर ज्यूले कार्यक्रम समापन गर्नुभएको थियाे ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)