जनजाती महासंघ इजरायलले जातीय संस्थाहरुलाई “मगर संघ इजरायल” को कार्यक्रममा जान रोक लगायो !

श्रावण २, तेलअविभ, इजरायल

रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ इजरायलले “मगर भाषा, भेषभुषा, धर्म संस्कृतिको संरक्षण एवम् विश्व भरीका मगर समुदायको एकता, अहिले को आवश्यकता” भन्ने मूल नाराका साथ यहि जुलाई १४ तारिख शुक्रबारका दिन तेल अभिवको सी साईडमा चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन बिशेष कार्यक्रम गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ इजरायलकी का.वा. अध्यक्ष बिष्णु पुन मगरको सभापतित्व, नेपालि राजदुतावास इजरायलका सहचारी श्री कमल कोइरालाको प्रमुख आतिथ्यता, एन आर एन ए इजरायलका बरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवालीको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक, राजनतिक संघ संस्थाका प्रतिनिधिहरु लगायत बिभिन्न संचारकर्मीहरुको बाख्लो उपस्थिती रहेको थियो ।

मगर संघ इजरायलले, इजरायलमा रहेका विभिन्न जातिय संघ संस्थाहरुलाई आधिकारिक रुपमा पत्राचार गरि कार्यक्रममा उपस्थित हुनका लागि निमन्त्रणा गरेको थियो तर जनजाती (नेआज) महासंघ इजरायलले महासंघमा आवद्ध सबै जातिय संस्थालाई मगर संघ इजरायलको कार्यक्रममा जान रोक लगाएको थियो । कुनै पनि जातिय संस्थाको उपस्थिति नरहे पनि मगर संघको उक्त कार्यक्रम भब्यता को साथ सफल भएको थियो |

जातीय संघ/संस्थाहरुलाई एउतै छाता मुनि राखेर सबैलाई समेटेर अगाडी बढ्नु पर्ने मुख्य दायित्व बोकेको जनजाती महासंघले नै सम्पूर्ण जातीय संस्थाहरुलाई “मगर संघ” को कार्यक्रममा जान रोक लगाउनु एकदमै दुखद कुरा हो । सामाजिक सस्था प्रतिसोधले चल्दैन भाइचारा समन्वयले चलाउने हो तसर्थ यो मिलाउन जनजाति महासङ्घ लचक हुन जरुरी छ । होइन भने भोलीका दिनमा एकले अर्कोलाई स्वीकार नगर्ने, बहिस्कार गर्ने सस्कारको बिकास हुने निस्चित छ । “मगर संघ इजरायल”, इजरायलमा सबैभन्दा सकृय र सशक्त सस्था भएको कुरा सर्बबिदितै छ ।

नेपाली राष्ट्रिय गान र मगर राष्ट्रिय गानको सुमधुर धुनसँगै औपचारिक कार्यक्रमको शुरुवात गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी सहचारी श्री कमल कोईरालाले ब्यानरको पर्दा खोल्नुभएको थियो र बिशेष अतिथि बिशाल ज्ञवाली ले रंगिन बत्तिको रिमोट अन गर्नु भएको थियो भने साथमा सभाध्यक्ष बिष्णु पुन मगर ले वार्षिकोत्सव काे केक काटि संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ इजरायलका स्थानिय कलाकार हरुले स्वागत गित मार्फत उपस्थित महानुभाव हरुलाई न्यानो स्वागत गरेका थिए भने नेपाल मगर संघ इजरायलकी द्धितिय उपाध्यक्ष लिला थापा मगरले आफ्नो व्यस्त समयका वावजुध पनि मगर संघ इजरायलको चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशनको अवसरमा आयोजित उक्त कार्यक्रमलाई विशेष महत्व दिएर कार्यक्रममा उपस्थित भएकोमा उपस्थितहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाल मगर संघ इजरायलका कोषाध्यक्ष जय पुन मगर ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाकै सचिव चन्द्रा पुलामी मगरले संस्थाले बिगतमा गरेको कार्यविवरणको बारे जानकारी गराउनुभएको थियो | कार्यक्रममा अतिथि को रुपमा पाल्नुभएकि जनमुक्ति मंच इजरायलकी केन्द्रिय सदस्य सरिन तमाङ्ग ले मन्तब्य दिनुहुदै आफ्नो पहिचान को निमित्त राज्य संग आफ्नो अधिकार लिनको निम्ति सबै जातिय संघ संस्था हरु एक भएर जानुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि सहचारी कमल कोइरालाले मन्तब्य राख्नुहुदै मगर संघ इजरायलले राजदुतावास संग सहकार्य गर्दै अगाडी बढोस र आगामी दिनमा अझै राम्रा कामहरु गर्न अग्रसर होस् भन्ने शुभकामना दिदै नवनिर्वाचित कार्यसमिति लाई अग्रिम बधाई पनि दिनुभएको थियो | साथै बिशेष अतिथि बिशाल ज्ञवाली ले पनि कार्यक्रम सफलताको शुभकामनाको साथमा सम्पूर्ण प्रवासी नेपालीहरु हरेक सुख दुखमा एकजुट भएर लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो | मन्तब्य को क्रममा संस्थाका सल्लाकार नन्द राना मगर ले कार्यक्रम सफल बनाउनको निमित्त पाल्नुभएका सम्पूर्ण महानुभाव हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति बिष्णु पुन मगरले यस बिशेष दिनमा सस्थापक अध्यक्ष लगाएत सम्पुर्ण सस्थापक सदस्य ज्युहरुहरुलाई सम्झदै कार्यक्रम सफल पार्नको निमित्त प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझै उत्कृष्ट कार्यहरु गर्दै जाने प्रतिवद्धता जाहेर गर्नुभएको थियो | त्यस्तै उहाँले व्यस्त समयका वावजुध पनि कार्यक्रममा उपस्थित भइदिएकोमा नेपाली राजदूतावासका सहचारी कमल कोइराला लगायत सम्पूर्ण उपस्थितहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुदै पुरानाे ‎2015 – 2017 काे कार्यसमिति बिघट्न गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

नेपाल मगर संघ इजरायलका सदस्य धनु काउचा मगर द्वारा अत्यन्तै मनोरञ्जनाचत्मक शैलीमा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित पाहुना हरुको स्वागत सत्कारलाई मध्यनजर राख्दै मगर संघका साँस्कृतिक कलाकारहरुले नृत्य तथा सांगीतिक प्रस्तुति द्वारा भरपुर मनोरञ्जन प्रदान गरिएको थियो साथै नेपालि स्वादका स्वादिष्ट परिकारहरु पनि उक्त कार्यक्रममा समावेश गरिएकाे थियाे । उक्त चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन को कार्यक्रम संयोजक को सम्पूर्ण जिम्मेवारी संघका सदस्य चित्र जुक्जाली मगर ले कुशलता पुर्वक निभाउनु भएको थियो ।

औपचारिक क्रार्यक्रम सकिए लगत्तै छनोट समितीका संयोजक तथा संस्थाका संरक्षक श्री तारा काउचा मगरले सर्वसम्मत रूपमा बिष्णु पुन मगरको अध्यक्षतामा एक्काईस सदस्यीय नया कार्य समिती सार्बजनिक रुपमा नामाङ्कन सहित घोषणा गर्नु भएको थियो । साथै छनाैट समिति सदस्य दिपक राना मगरले नवनिर्वाचित कार्यसमितिकाे नाम वाचन गर्नुभएको थियो भने अर्का समिति सदस्य मन राना मगरले नवनिर्वाचित कार्यसमितिका पदाधिकारि हरूलाई खादा अाेढाई बधाई दिनुभएकाे थियाे । संस्थापक सल्लाहाकार केशव राना मगर ज्यु बाट नवनिर्वाचित अध्यक्ष बिष्णु पुन मगर लाई सपथ ग्रहण गराउनुभएकाे थियो भने सम्पुर्ण नयाँ कार्य समितिलाई अध्यक्ष बिष्णु पुन मगरले सपथ ग्रहण गराउनुभएकाे थियो ।

जुलाई १४ को कार्यक्रम भब्य रुपमा समापन भए पश्चात मगर संघ इजरायल कै अायाेजकत्वमा जुलाइ १५ तारिककाे दिन स्याक्ने भ्रमण गरिएकाे थियाे जसमा मगर तथा गैर मगर गरि ५१ जना नेपाली दाजुभाइ तथा दिदि वहिनिहरूले सहभागिता जनाउनु भएकाे थियाे । उक्त भ्रमण कार्यक्रम बाट मुनाफा भएकाे रकम मृगाैला पिडित कलाकार लक्ष्मि राना मगर लाइ रू ४५०००।- र कृष्ण कुमारि राना मगर लाइ रू ४५०००।- गरि जम्मा रू ९०,००० प्रदान गर्ने निर्णय समेत गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारि हरूकाे नामावली:
==========================================

१. अध्यक्ष – बिष्णु पुन मगर
२. प्रथम उपाध्यक्ष – लिला थापा मगर
३. द्धितिय उपाध्यक्ष – लता पुन मगर
४. तृतिय उपाध्यक्ष – चन्द्रा पुलामी मगर
५. महासचिव – जमुना थापा मगर
६. सचिव बिवश – अाले मगर
७. सहसचिव – चित्र जुग्जालि मगर
८. काेषाध्क्ष – मन कुमारि पुर्जा मगर
९. सहकाेषाध्यक्ष – दिना थापा मगर
१०. साँस्कृतिक बिभाग पुरूष संयाेजक – सिमन पुर्जा मगर
११. साँस्कृतिक बिभाग पुरूष सहसंयाेजक – सुर्य राना मगर
१२. साँस्कृतिक बिभाग महिला संयाेजक – पुजा पुन मगर
१३. साँस्कृतिक बिभाग महिला सहसंयाेजक – कुमारि पुन मगर
१४. सदस्य – धनु काउचा मगर
१५. सदस्य – ललिता पुन मगर
१६. सदस्य – कमला गर्बुजा मगर
१७. सदस्य – रस्मिता काउचा मगर
१८. सदस्य – देव कुमारि मगर
१९. सदस्य – शाेभा पिठाकाेटी मगर
२०. सदस्य – राेजिना थापम मगर
२१. सदस्य – खिमा पुन मगर

संरक्षक :- तारा काउचा मगर
सस्थापक सल्लाहकार :- केशब राना मगर
बरिष्ठ सल्लाहकार :- दिपक राना मगर
प्रमुख सल्लाहकार ;- मन राना मगर

सल्लाहकार सदस्यहरु :-
माया घले मगर, प्रेम पुन मगर,अनन्त थापा मगर, राम थापा मगर

संगठन बिभाग :-
बिष्णु गर्बुजा मगर, भगवती राज मगर, दिल पुन मगर, भक्त पुन मगर, सारा थापा, तारा गर्बुजा मगर, नन्द राना


admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)