युनाइटेड क्लवको उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न !

गिता राना मगर, पोखरा २५ असार
युनाइटेड क्लव पोखराको २ दिने उद्घोषण तथा नेतृत्व बिकास सम्बन्धी तालिम सम्पन्न भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापन गदैै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष कमल बहादुर थापाले युनाइटेड क्लवले राष्ट्र निर्माणको पक्षमा विभिन्न बिकासका नमुना कामहरु गर्दै आइरहेको वताए । क्लवको पहलमा पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३१ मा निर्माणधिन प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल सम्म पक्की सडक पु¥याउनका लागी आफुले आफ्नो वडाबाट कार्ययोजना प्रस्तुत गर्दै चिडियाखान निर्माणका लागी आफ्नो तर्फबाट पोखरा लेखनाथ महानगरलाई ध्यानाकर्षण गराउने वताए । महानगरलाई केन्द्रिय स्तर सम्मनै यसको बारेमा समेत कुरा उठाउनका लागी पहलकदमी गरिने वताउदै थापाले २ दिन सम्म तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न समेत प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

सो अवसरमा प्रशिक्षार्थीको तर्फबाट वोल्दै प्रशिक्षार्थी ऋषिराज बराल र गीता केसीले क्लवको आयोजनामा दुइ दिन सम्म सञ्चालित तालिमले आफुहरुलाई धेरै कुरा सिकाएको र आगामी दिनमा तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरे । ६० जना प्रशिक्षार्थी सहभागी तालिममा पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सञ्चारकर्मी शुष्मा पौडेल र वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र पौडेलले सहजीकरण गरेका थिए । युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने तालिम संयोजक पूर्णकला पोख्रेलले तालिममा सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन । समापन कार्यक्रमको सञ्चालन क्लवका महासचिव राजु श्रेष्ठले गरेका थिए ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)