महोत्सवको दोश्रो दिन चलचित्र सम्बन्धी गोष्ठि सँगै आठ चलचित्र प्रर्दशन !

श्याम राना मगर

असार १९
काठमाण्डौ

आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघद्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी चलचित्र महोत्सव २०७४ को हिजो १८ गते दोश्रो दिनमा ८ वटा चलचित्रहरु प्रर्दशन भएका छन् ।

दोश्रो दिन प्रर्दशन भएका फिल्महरुमा राजवंशी समुदायको जब गाउँको जमिन्दार वा उसको परिवारले कुकार्य गर्छ तब त्यसको खराव असर सिंगो समाजमाथि पर्छ भन्ने कथासार रहेको दखल, प्राचिन गहनाहरु लोप हुदैँ गइरहेको अवस्थामा त्यो रोक्न गरिएको प्रयासलाई विषयवस्तु बनाइएको राई समुदायको पुवालो, दुर्गम बस्तीमा भरियाले लिएको ऋण तिर्न नसक्दा घर खेत बस्तुभाउ सवै गुमाएर मुग्लान पस्न बाध्य कथासार रहेको जेरुङ राई समुदायको व्याःसा पैचो, बोल्न नसक्ने बच्चाको सु स्वास्थको लागि धर्म परिवर्तनको अन्यौलमा परेको दम्पतीको अवस्थालाई चित्रण गरिएको राई समुदायकै नागा, थारु महिलाहरुले बर्त बसी हर्सोल्लासका साथ मनाईने पर्वको कथासार रहेको जितिया, त्यसैगरि नेवार समुदायको पृतिसत्तात्मक सोच र समाजलाई चुनौती दिदैँ आफु आमा बन्नको लागि एउटी महिलाले लिएको साहसीक निर्णय कथासार रहेको कल्ली साथै नेवार समुदायकै भुकम्पमा घर भत्किएपछि एउटा गरिब परिवारले पाएको सास्ती विषयवस्तु रहेको स्टोरी अफ टाइम र लोम्बा(अगुवा) को मृत्युपछि नयाँ लोम्वाको तयारी र अन्य भेडीहरुलाई औल(तराई) सम्म पु¥याउनलाई गोठालो मुखियाले गरेको संघर्षलाई चित्रण गरिएको मगर समुदायको लोम्बा रहेका थिए ।


महोत्सवको दोश्रो दिन सम्ममा ३५ सय भन्दा बढि दर्शकहरुले चलचित्रहरु हेरेको आयोजक नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभएको छ ।

साथै चलचित्रहरु प्रदर्शन हुनु भन्दा अगाडि चलचित्र विकास बोर्ड आदिबासी मातृभाषी चलचित्र प्रबर्द्धन समितिले आदिबासी चलचित्र समस्या, चुनौती र समाधानहरु विषयक गोष्ठिको समेत आयोजना गरेको थियो ।

नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाण्डौमा असार १७ गते सम्माननिय सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्नुभएको महोत्सव आज १९ गते ६ वटा विभिन्न चलचित्रहरुको प्रदर्शन पछि समापन समारोह सँगै सम्पन्न हुँदैँछ ।

   

 

थपः आज प्रदर्शन हुने चलचित्रहरुमा गुरुङ समुदायको ङ्योथुमै, टाढाको माया, त्याग र छ्याँवाहानी, तामाङ समुदायको बुम्बा र लिम्बु समुदायको पेकोसामा रहेका छन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)