मगर विद्यार्थीं संघको नेतृत्वदेखि उपमेयरसम्म : रेनुका काउचामगर !

बाबा चन्द्रबहादुर पुनमगर र आमा झममाया पुनमगरको कोखबाट बागलुङ्को रिघामा जन्मनुभएका रेनुका काउचा मगर यतिखेर जल्दावल्दा युवा नेतृको रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०५९ सालमा सरस्वती क्याम्पसमा अध्ययन गर्दादेखि मगर विद्यार्थीमा आवद्ध रहनुभएका काउचा मगर २०६८ सालमा तनहुँको दमौलीमा सम्पन्न ७ औं महाधिवेशनबाट नेपाल मगर विद्यार्थी संघको अध्यक्ष हुनुभयो । यसैगरी हाल उहाँ नेपाल मगर सघ केन्द्रिय समितिको सचिव हुनुहुन्छ । राजनीतिक क्षेत्रमा पनि उहाँको चासो सानैदेखि भएतापनि २०६५ सालको स्व.वि.यु. निर्वाचन पछि सक्रिय रुपमा लाग्नुभएको हो । आफ्नो जातीय संगठन र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएका काउचा मगर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाको उपमेयर जस्तो पदमा विजयी हुनुभएको छ । यिनै जुझारु एवं युवा नेतृ रेनुका काउचा मगरसँग मिना थापामगरले गरेको कुराकानीः

सर्वप्रथम त गलकोट नगरपालिकाको उपमेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा यहाँलाई बधाई छ ।
तपाईलाई पनि धन्यवाद ।

तपाईको जीत किन ? किन तपईलाई नै जनताले चुने ?
गल्कोटको समुचित विकास र संवृद्धिको लागि यस्को सफल नेतृत्व नेपाली कांग्रेस र म लगायत हाम्रो टिमले गर्न सक्छ भन्ने ठानेर जनताले मलाई चुने ।
तपाईको जितले नगरबासी कत्तिको उत्साहित छन् ?
जुन विश्वास गरेर हामीलाई प्रचण्ड बहुमतले विजयि गराउनु भयो, त्यो अभिमतलाई सम्मान प्रकट तथा धन्यबाद ज्ञापनको सिलसिलामा सबै गाँउ पुग्दा उहाँहरुमा हामिप्रति के विश्वास देखेँ भने उहाहरुको मतको कदर हामी जरुर गर्नेछौं । यसैकारण पनि जनताहरु अत्यन्त उत्साहित पाएका छौं ।
तपाईप्रति जनताले चाहना र अपेक्षा के राखेका छन् ?
उपमेयरमा विजयी गराउँदै गर्दा म सँग स्वभाविक रुपमा समग्र गल्कोट संवृद्दिको लागि जनताका चाहना र अपेक्षाहरु जोडिएका छन्, जुन हामी सबै आदरणिय नगर प्रमुख, विभिन्न वडा अध्यक्ष, सदस्य र उहाँ जनताहरुसँगै रहेर पुरा गर्ने हो । यसको लागि मेरो तर्फबाट कुशल समन्वयकारी भूमिका रहनेछ ।
पार्टीगत वा नीतिगत कसरी लाग्नुहुन्छ ?
अवश्य पनि पार्टीको तर्फबाट गरिएका केही प्रतिवद्धताहरु छन् । ति प्रतिवद्धतालाई पनि समेट्दै पार्टी भन्दा पनि माथि उठेर सबै पार्टी, पक्षको सरोकारलाई समेटेर नीतिगत रुपमा गल्कोट संवृद्धिको लागि सबैसँग हातेमालो गर्नेछौं ।
त्यहाँको जनताको लागि तात्कालको आवश्यकता के छ ?
आवश्यकता अनेकन छ । यो नगर पहाडहरुको नगर हो । पहाडको माथिल्लो भेगमा रहेको अधिकांश बस्तिहरुमा खाने पानीको अभाव छ । अरु बाटो, विजुली, शिक्षा, स्वास्थ्यकर कुराहरु पनि उत्तिकै तड्कारो छन् । अनि नगरपालिकाको लागि आफ्नै भवनहरुको पनि अभाव छ ।

जसले पनि आफ्ना एजेण्डाहरु अगाडि सार्छन् त्यो भाषणमा मात्र सिमित हुन्छन्, आफ्ना एजेण्डाहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्ने तपाईंको मुख्य आधार को छ ?

हाम्रो टिम, नगर प्रतिनिधिहरु, अनुभव भएका उमेर पुगेका प्रतिनिधिहरु, जोशिला हामी युवाहरु, विभिन्न क्षत्रमा प्रवुद्द र विद्दत व्यक्तित्वहरु, जागरुक जनता र हजुर सन्चारकर्मी साथिहरु, गल्कोट आफैमा अथाह पुंजी भएको नगर हो । सरकारबाट प्राप्त अलावा यि पुजीको समुचित प्रयोगबाट गल्कोटको विभिन्न पक्षहरुको चौकर्फि विकास गर्न सकिन्छ । जस्तैः जलविद्युत, शिक्षा, स्वास्थ्य, कलकारखाना आदि स्थापनाको लागि ।

अहिलेको निर्वाचनमा आदिवासीहरुको सहभागिता र सक्रियता कस्तो पाउनुभयो ?
यो गल्कोट नगरी विविध जातजाति, कला र संस्कृतिले संबृद्ध ठाउँ हो । आदिवासी जनजातिहरुको पनि सघन उपस्थिति रहेको क्षत्र हो । उहाँहरुको उत्साहजनक सहभागिताले नै हाम्रो विजय स्वम्भव भएको हो ।

तपाईंको राजनीतिमा प्रवेश कहिले ?

राजनीतिमा मेरो बाजे आमाको कारण धेरै थोरै चासो त दिन्थे । सानै छँदादेखि नै पार्टीको विभिन्न चुनावी कार्यक्रममा सहभागी भएर नृत्य प्रस्तुत गर्दथें । त्यहि पनि सांगठनिक रुपमा क्याम्पस पढ्दा २०६५ को स्व. वि. यु. चुनाव पछि आएको हँु ।

शुरुमा राजनीतिमा लाग्दा र अहिले जिम्मेवारी पाएपछि के अनुभव गर्नुभयो ?
जनप्रतिनिधि भएर सेवा गर्दै गर्नु मेरो लागि पहिलो अनुभव भएपनि म पार्टी र यसको विभिन्न भातृ संगठन तथा विभिन्न संघसंस्थामा विभिन्न तहमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको अनुभव छ । हरेक पटक चुनौति र अवसरको रुपमा लिन्थें । यसैले यसपाली पनि सफलतापूर्वक सम्पन्न गर्न दरो चुनौति पनि छ किनकि यस किसिमको स्थानीय राज्य सन्चालनको सुरुवाति क्रममा हामि छांै । सानो गल्तिले पनि हामी असफल हुन सक्छौं । तर परिपक्व नेतृत्व प्रदान गरेर हामी सफल हुने छौं ।

मगर विद्यार्थीमा तपाईको भूमिका कस्तो रह्यो ?
जहातक मगर विध्यार्थी को सवाल छ, सर्वप्रथम म २०५९ सालमा म सरस्वती क्याम्पस इकाईको कोषाध्यक्ष भएँ । लगत्तै काठमाडौं जिल्लाको कोषाध्यक्ष र त्यसपछि वाग्मती अन्चल सह–सचिव, अनि केन्द्रीय सदस्य, केन्द्रीय महिला उपाध्यक्ष हुदै २०६८ सालमा तनहुँ जिल्लाको दमौलीमा भएको ७ औ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएर मगर विध्यार्थी संगठनको नेतृत्व गरेको हुँ ।

नेपाल मगर विद्यार्थी संघमा रहेर पनि यहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो, समाज सेवा र राजनीति बिच फरक पाटो के पाउनुभयो ?

मेरो लागि दुवै समान र एक अर्काका अन्तर्सम्बन्धित पनि । मगर संघमा रहँदा मगर जातिको उन्नति प्रमुख कुरा रहन्थ्यो र कुनै अमुक राजनीतिक दलसँगको सम्बन्ध अलि गौण रहन्थ्यो । तर राजनीतिमा समाजमा रहेका सबै जातजातिको समान प्रगति प्रमुख हुन्छ ।
यो अवस्थासम्म आउनमा सबैभन्दा महत्वपूर्ण भूमिका कसको रह्यो ?
मेरो बाजेले गाँउको विकासमा पु¥याएको योगदान सबैभन्दा ठुलो प्रेरणा हो । मेरो घर परिवारले तयार गरिदिएको सहयोगी वातावरण नै सबैभन्दा महत्वपूर्ण छ मेरो राजनीतिक यात्रामा । सधै पढ्न उत्प्रेरणा दिए । सहपाठीहरु जागिर खाएर करियर बनाउन लाग्दै गर्दा बाआमाले कहिल्यै जागिरको निम्ति दवाव दिनुभएन । मेरा साथिभाइ, अग्रजहरुको साथ, सल्लाह र हौसला त छँदैछ ।

सम्पूर्ण युवा वर्गका लागि के भन्न चाहनुहुन्छ ?
हामी सबैको आ–आफ्नो चाहना हुन्छ जीवनमा केही बन्छु भन्ने यसैले राजनीतिमै आउनुहोस् भनेर भन्दिन । आउनुहुन्छ त्यो जस्तो राम्रो निर्णय अरु सायदै होलान् । तर जहाँ जे गरे पनि त्यो हाम्रो टोल, समाज, नगर र देशको संवृद्दिको हेतुले चाहि जरुर हुनु पर्छ । आउनुहोस्, हाम्रो नयाँ जोश र सिपहरु देशको लागि समर्पण गरौ ।
८८८

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)