सुमन थापा मगरको अर्को सुपरहिट तीज गीत “मादलु घनन” बजारमा !

नाइस मिडिया नेटवर्क/मगर मिडिया
अषाढ १५, काठमाडौँ

मिडियाको आखामा नपरेकी तर अहिलेकी चर्चित एबं लोक तथा दोहोरी गायिकाको सुचिमा पर्न सफल सुमन थापा मगरले सबैलाई नाचुँ नाचुँ बनाउने र अहिले सम्म कै एकदमै राम्रो नृत्य भएको तीजको गीत बजारमा ल्याएको छिन | श्यांग्जा जिल्लाको सेखाममा सामान्य परिवारमा जन्मिएर हुर्किएकी सुमनले थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो स्वर भरि सकेकी छिन |सुमनले यसपालीको तीजको कोशेलीको रुपमा “मादलु घनन…” भन्ने गीत बजारमा ल्याएकी छिन | चर्चित गीतकार शिव पौडेलको शब्द, चर्चित गायक ऋषि खड्काको सङ्गीत रहेको यस गीतमा सुमनलाई ऋषि खड्काले साथ् दिएका छन् | सुमनको यस गीतलाई मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको हो | चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई कारण चैसिरले छायांकन गर्नु भएको छ भने बिष्णु शर्माले सम्पादन गर्नु भएको छ । साथै, यस गीतमा “लेट मि डान्स नेपाल २०७४” कि बिजेता बिष्णु मगर लगायत प्रकाश सपुत, दिपाशा बिसी र हेरुका लामाको राम्रो अभिनय रहेको छ ।

गीतको सफलताको लागि नाइस मिडिया नेटवर्क तथा मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

हेरौ यो तीज गीत “मादलु घनन…”


admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)