फोनिजद्वारा जनजाति पत्रकारहरुलाई दुई दिने प्रशिक्षण !

२ असार

काठमाडौँ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले राजधानीमा क्रियाशील जनजाति पत्रकारहरुलाई न्यू मिडियामा आदिवासी जनजातिको सवाल र ब्यवसायिकीकरण विषयक दुई दिने प्रशिक्षण दिएको छ । नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सहयोगमा युवा रोजगारमूलक सीप ब्यवसायिक तथा शसक्तिकरण अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

सहभागिहरुलाई इकान्तिपुरका सम्पादक पत्रकार खिम घले तथा टीकाराम राईले प्रशिक्षण दिनुभएको थियो । शुक्रबार प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्दलाल माझीले मूलुक रुपान्तरणको सम्बाहक नै पत्रकार भएकाले सिकेका कुराहरुलाई जिम्मेबार भएर ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । अहिले पनि मूलधारका सञ्चारमाध्यमहरुमा जनजातिका सवालहरु उठ्न नसको भन्दै उहाँले भन्नुभयो “संविधानले प्रत्याभूत गरेका अधिकारहरु समेत जनजातिहरुको पहुँचमा पुग्न सकेको छैन । लामो समयदेखि हुँदै आएका जनजाति आन्दोलन र तिनले प्राप्त गरेका उपलब्धी र मुद्धाहरुबारे आम जनतालाई शुसूचित गराउन जनजाति पत्रकारहरु लाग्नुपर्छ ।”

त्यस्तै फोनिजका अध्यक्ष डण्ड गुरुङ्गले पछिल्लो समय पत्रकारीताको क्षेत्रमा तिब्र रुपमा भइरहेको प्रतिस्पर्धा र ब्यवसायिकीकरणलाई ख्याल गर्दै समयको माग अनुसार पत्रकारहरु पनि ब्यवसायिक बन्नुपर्ने बताउनुभयो । उहाँ पेसागत सुरक्षा र बढ्दो पलायनलाई रोक्न फोनिज सधै तयार रहेको भन्दै त्यसका लागि जनजाति पत्रकारहरुले पनि क्षमता अभिबृद्धि र पेसागत इमानदारितालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहभागिहरुलाई न्यू मिडिया र त्यस क्षेत्रमा भएका अबसर, चुनौति र सम्भाबनाहरु, साइवर सेक्युरिटी, समाजिक जिम्मेदारी, नागरिक पत्रकारिता र जनजाति सवाल लगाएतका विषयमा प्रशिक्षण दिइएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)