मगर संघमा त्रिपक्षीय भिडन्त, दुईले उम्मेद्धारी फिर्ता लिए !

देब पचभैया, भरतपुर चितवन

नेपाल मगर संघको चितवनमा जारी ११ औ राष्ट्रिय महाधिबेशनमा ३ जना अध्यक्षका प्रत्यासी बिच प्रतिस्पर्धा भएको छ । निबर्तमान पश्चिमाञ्चल उपाध्यक्ष बालसिंग काउछा, अर्का उपाध्यक्ष गंगा बहादुर थापा र महासचिब नबिन रोकाबिच प्रतिस्पर्धा भएको हो । रोका र काउछा प्यानल बनाएर भिडेका हुन् भने गंगा थापा स्वतन्त्र उम्मेद्धारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् । अध्यक्षको उम्मेद्धारी दर्ता गराएका निर्बतमान बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती र पुर्ब उपाध्यक्ष बम कुमारी बुढाले अन्तिम समयमा उम्मेद्धारी फिर्ता लिएपछि काग्रेस एमाले प्यानल बाट काउछा र माओबादी, जनमुतिm, संघिय समाजबादी बाट नविनको प्यानल बिच प्रतिस्पर्धा भएको हो । बुधबार बेलुकी ८ बजे सम्पन्न निर्बाचनको मतगणना बेलकी १० बजे बाट शुरु भएको मगर संघका निर्बतमान बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीेले जानकारी दिनुभयो ।
nma-11th-national-convention-chitwan-election-photos-002
नबिन रोका अध्यक्ष भएको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरी बहादुर थापा, महिला उपाध्यक्षमा गंगा खासु, पूर्बाञ्चल उपाध्यक्षमा बिनोद लुंगेली, मध्यमाञ्चल उपाध्यक्षमा कमल पिठाकोटे, पश्चिमाञ्चल उपाध्यक्षमा मनधरी आले, मध्यपश्चिम उपाध्यक्षमा गणेश सलामी, सूदुर पश्चिमाञ्चल उपाध्यक्षमा तेज तरामी, भाषिक काईके उपाध्यक्षमा भिम रोकाया, बाह्र उपाध्यक्षमा दल बहादुर बिरकट्टा, अठार उपाध्यक्षमा पूर्ण घर्ती मगर, महासचिब माधब दर्लामी, सचिब तेजेन्द्र बहादुर थापा, संगठन सचिबमा जगत बहादुर रेश्मी मगर, संचार सचिबमा चन्द्र श्रीस, बिदेश सचिबमा हृुम बहादुर थापा (पचभैया ) र कोषाध्यक्षमा कमला थापा प्रतिस्पर्धामा छन् ।

त्यस्तै बालकृष्ण काउछाको प्यानलमा बरिष्ठ उपाध्यक्षमा गुरु प्रसाद घर्ती, महिला उपाध्यक्षमा लाल कुमारी राना, पूर्बाञ्चल उपाध्यक्षमा सिता राना , मध्यमाञ्चल उपाध्यक्षमा चित्र बहादुर लुंगेली, पश्चिमाञ्चल उपाध्यक्षमा झलक राना , मध्यपश्चिम उपाध्यक्षमा निम बहादुर राना , भाषिक, काईके उपाध्यक्षमा भिम रोका मगर, १८ मगरात, उपाध्यक्ष सितलाल पुन मगर, बाह्र मगरात उपाध्यक्ष पिताम्बर सारु , महासचिब ज्ञानेन्द्र पुन, सचिब रेनुका काउचा , संगठन सचिबमा हरी पाटा मगर, प्रचार सचिबमा देबी श्रीस , बिदेश सचिबमा रक्षा बहादुर रैका, कोषाध्यक्षमा पद्मा आले प्रतिस्पर्धामा छन् । निर्बाचनमा रोकाको समुहले पहिचान पक्षधरको नारा समेत लगाएतका थिए । महाधिबेशनको बन्द शत्रले बिधान परिबर्तन गरेपछि अध्यक्ष बाहेक सबै पदमा कुनै पनि प्रतिनिधि निर्बाचनमा भिड्न पाउने ब्यवस्था गरेको थियो ।
nma-11th-national-convention-chitwan-election-photos-003
भड्किलो प्रचार

पक्ष बिपक्षमा बाडिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुबै पक्षका उम्मेद्धारले प्रचार प्रसार चाही निकै दरिलो हिशावले गरेका थिए । भिडिटिङ्ग कार्ड देखि तुल ब्यानर सम्म प्रतियोग गरिएको निर्बाचनमा रुखका हागा हागी देखि शौचालयको ढोकामा समेत प्रचार टासिएका थिए ।

आउदैछ परिणाम

पछिल्लो परिणाम अनुसार सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा तेज तरामी निर्बिरोध निर्बाचित हुनुभएको छ । उहा नबिन रोका पक्षबाट निर्बाचनमा हुनुहुन्थ्यो । निर्बाचनमा लुम्बिनि अंचल बाट लिला मास्की राना (नवल परासी ) धन बहादुर (कपिलबस्तु ) र हिरा सिं रास्कोटी .( गुल्मी ) बिजयी भएका छन् । लुम्बिनी अंचलको ६ जिल्लामा २६ मत खसेको थियो ।
nma-11th-national-convention-chitwan-election-photos-004

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)