मातृ भाषाको माया !

देब पचभैया पाल्पा

अन्तरिम संबिधान २०६३ लागु भएपछि सरकारले शुरुमा ६ जिल्लाबाट ७ वटा भाषामा सुरु गरेको मातृ भाषाको पढाई अहिले फैलदै गएको छ । नव जागृती प्राबि चिदीपानी २ धैरेनी पाल्पामा पनि मगर भाषामा पढाउन थालेको ९ बर्ष पुग्यो । मगर भाषामा पढाउन थालेपछि भाषा नबुझेरै बिधालय आउन नमान्ने, आईहालेपनि बिचैमा छोड्नेहरु आजकाल नियमित स्कुल आउछन् । नेपाली र अंग्रेजी बाहेक सबै बिषय ४ कक्षा सम्म यहा मगर भाषामा पढाई हुन्छ । एक बर्ष सम्म नेपाली भाषाकै किताब लाई मगर भाषामा उल्था गरेर पढाए पनि २०६५ साल यता बिधालय आफैले मगर भाषाको पाठ्य पुस्तक तयार पारेको छ । शुरुमा मुश्किलले सय जना बिधार्थी रहेको नब जागृती प्राबिमा, मातृभाषामा पढाउन थालेपछि बिधार्थी संख्या १ सय ३३ पुगेको छ । पहिले बिधालय आउनै नमान्ने हरु आजकाल सबै आएका छन् । गाउका बिधार्थी बिधालय नआएपछि बिधालयले चलाउने भर्ना कार्यक्रममा अलिअलि आउथे तर उनीहरु भाषा नबुझेरै घर फर्किन्थे ।

भर्ना कार्यक्रममा नाम लेख्यो अलि दिन आउला जस्तो गर्यो हामी मिठाई सिठाई बाड्ने गर्दा खेरी अलि अलि आउने त्यपछि छोड्ने नआउने हुन्थ्यो शिक्षिका मना थापा भन्नुहुन्छ “आज भोलि गाउमा खोज्न जाने हो घरमा कोही पनि छैन,सबै बिधालय आउछ । हाफ छुटीमा भाग्ने चान्स पनि छैन । काम परेमा छुटी मागेर जान्छन् र घरमा कोही पनि बस्दैनन् । “

१ सय २० घर रहेको धैरेनी गाउमा सबै मगरहरु छन् । बिधालयका बिधार्थी पनि मगर हुन् । घरमा मगरभाषामा बोल्न सिकेका बालबालिकालाई पहिले बिधालयमा नेपाली भाषा सिकाउनै समय लाग्यो । त्यसपछि मात्रै किताबका कुरा सिकाउनु पथ्र्यो । तर बिधालयमा पनि त्यही भाषामा पढाउन पाएपछि बिधार्थी लाई बुझाउन निकै सजिलो भयो ।

पहिले स्कुलै जान नमान्ने गएका पनि फेल भैरहने छोरा छोरी आजकाल नबिराई बिधालय जान थाले पछि अभिभाबक पनि खुसि छन् ५५ बर्षिय चुरा बहादुर गाहा भन्नुहुन्छ आफ्नै भाषामा केटाकेटीलाई पढाउन पाउदा खुब खुषि लागेको छ ।
६ जना शिक्षक मध्ये बिधालयमा ४ जना मगरमहिला शिक्षिका छन् । भाषा नबुझेरै फेल भैरहने बिधार्थी आज काल सरासर पास भएका छन् । कक्षा ४ मा पढ्ने ममता गाहा ो स्कुलमा मगर भाषाको किताब पढ्न पाएकोमा निकै हर्षित छन् । अरु किताब भन्दा मगर भाषाको किताब पढ्न सजिलो हुन्छ उनी भन्छन् “घरमा पनि मगर भाषा बोल्छौ , स्कुलमा पनि मगर भाषाको किताब पढन पाएका छौ, यही भएर हामी एक दम खुसि छौ “

मातृभाषाको पढाई प्रति बिधार्थीको आकर्षण बढेपछि पाल्पाका जल पोखरा निमाबि चिदीपानी र हिमालयन प्राबि, खानी छापमा पनि दुई बर्ष अघि बाट मगर भाषामै पढाउन थालिएको छ । शुरुमा चासो नराख्ने अभिभाबकहरु मगर भाषामा पढाउन थाले देखि बिधालयलाई सहयोग गर्न खुब तम्सिन्छन् । बिधालयमै नआउने, आईहाले पनि बिचमै कक्षा छोड्ने बिधार्थीहरु देखेर हैरान बिधालयका प्रधानाध्यापक गोपिकृण्ण आर्चाय आजकाल निकै खुसि हुनुहुन्छ । बिधार्थीलाई आर्कषण गर्न बिधालयले टिफिन टाईम पछाडीका कार्यक्रमहरु प्नि मगर भाषामै गर्दै आएको छ । बिधार्थीहरुमा स्कुलमा रमाईलो हुन्छ , घर गएर के गर्ने भन्ने खालको बाताबरण बन्यो बिधालयका प्रधानाध्यापक आचार्य भन्नुहुन्छ “उनीहरुचाही घरमै अलमलाउने, नास्ता सास्ता खाने, उतै भुल्ले , खेल्ने खालको बिगतको परम्परा मातृभाषाको पढाई पछि हटेर गएको छ । बिधालय बाट उनीहरुको ड्रप आउट पनि रोकिएको छ ।

बालबालिकालाई बिधालय प्रति आर्कषण बढाउनको लागी सरकारले प्राबि तहमा मात्रै मातृभाषाको पढाई संचालन गरेको छ । तर निमाबि लागेपछि नेपाली भाषामै पढ्नु पर्ने बिधार्थीको बाध्यताले मातृभाषाको महत्व घटेको छ । त्यसैले उच्च तहसम्म्मै आफ्नै भाषामा पढ्न बिधार्थीहरु आतुर छन् ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)