६४ बर्षपछि कामी बुढामगर सहिद घोषित

अनिल बुढामगर,
काठमाडौं

जेठ ९, २०७४ ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिट्ठी लिएर मेरा साथी आउनेछन्’ कामी बुढामगरको यो भनाईले कुनै भेला हलचल मचिएको थियो । ग्रामीण जनजीवन सुधारका लागि राजनीतिक अधिकार हुनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने लक्ष्यका साथ तकालिन सशस्त्र सङ्घर्षमा लागेका बुढाको मृत्यु भएको आज ६४ वर्षपछि हिजो मंगलबारको दिन बल्ल सरकारले सहिद घोषणा गरेको छ ।
२००७ सालको जनक्रान्तिका योद्धासमेत रहेका कामी बुढामगरलाई यसअघिका धेरै सरकारले सहिद घोषणा गर्ने वचन दिएको भए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन अहिलेको वर्तमान सरकारले सशस्त्र सङ्घर्षका योद्धा बुढामगरलाई सहिद घोषणा गरेर सम्मान दिएको छ ।

उनको २०१० सालमा जुम्लाको चौभानमा हत्या भएको थियो ।जेठ ९ गते बैठक बसेको मन्त्रिपरिषदले बुढामगरलाई सहिद घोषणा गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । मगरलाई सहिद घोषणा गर्न नेपाल मगर संघ र बिभिन्न संघ संस्थाहरुले लामो समयदेखि माग गर्दै आएका थिए । बल्ल सरकारले कामी बुढामगरलाई सहिद घोषणा गरेको हो ।भारतीय सेनाबाट विद्रोह गरी २००७ सालको क्रान्तिमा सहभागी बन्न नेपाल आएका बुढामगर निरन्तर क्रान्तिमा लागेका थिए । २००७ सालको ‘दिल्ली सम्झौता धोका हो’ भन्दै पश्चिम नेपालमा उनले सशस्त्र क्रान्ति थालनी गर्नुभएको थियो । उनी कम्युनिस्ट पार्टीसँग आबद्ध रहेर सङ्गठन निर्माण, छापामार प्रशिक्षण दिँदै ग्रामीण सङ्घर्ष गर्दागर्दै हुम्ला पुगेको बेला गिरफ्तार परेका थिए ।

रुकुम चौखावाङ–८ ९हाल मुसीकोट नगरपालिका १००, खर्सुपानीमा १९७८ सालमा जन्मिएका बुढा मगर बाबु खिन्तु बुढामगर र आमा मङ्गली बुढामगरको सुपुत्रका रुपमा जन्मेका थिए । सहिद बुढाका बारेमा जानकार एवम् लेखक नरेन्द्रजंग पिटरकाअनुसार ‘केही गर्नुपर्छ भन्ने विद्रोही मानवतावादी सोचका साथ उहाँ नेपाली क्रान्तिमा सामेल हुन नेपाल फर्किनुभएको थियो ।’ २००७ सालको आन्दोलनमा उनी भैरहवा क्षेत्रमा डा। केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी थिए । दिल्ली सम्झौतापछि सशस्त्र विद्रोह रोकियो । उक्त सम्झौताको विरोधका अगुवा डा। सिंह पनि गिरफ्तारीमा पर्नुभयो । सत्ता फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तनको छाँटकाँट भने उनले देखेनन् । त्यसपछि कम्युनिस्ट पार्टीको खोजीमा लागे । किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्यूठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला पुगेका थिए । वास्तविक नाम कामी बुढामगर भए पनि उनी भारतीय सेनामा कमानसिंह बुढामगर, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह र धनबहादुर शाही भनेर चिनिनुभएको लेखक एवम् पत्रकार पिटरको भनाइ छ ।

विद्रोह फैलिँदै गयो, तब २००९ कात्तिकमा हुम्लामा उनको फौजलाई गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभानमा पु¥याइयो । उनीसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढामगर र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए । जुम्लामा पनि १५ जना कार्यकर्ता गिरफ्तारीमा परेर ६ महिना बन्दी बनाइए । जुम्लाको कुडारीमा सङ्गठन गरी हुम्ला लागेका कामी बुढामगर हुम्लाबाट चौभान ल्याइएपछि जुम्लाका गाउँबाट गिरफ्तार भएका हुन् । राजनीतिक विद्रोह कर्णाली प्रदेशभरि नै फैलिएको थियो । गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर उहाँले सम्पूर्ण जिम्मा लिएका थिए ।

लेखक तेजेन्द्र खाम मगरले ‘कामी बुढा मगरको जीवनी’ पुस्तक लेख्नुभएको अनुसार माओवादी जनयुद्धको थालनीपूर्वको बैठकमा बुढामगरलाई जनयुद्धको प्रेरणा–स्रोत मानेको थियो । रुकुम खलङ्गाको शीतलपोखरीमा २०६५ सालमा बुढामगरको सालिक निर्माण गरिएको थियो । सो सालिकको अनावरण प्रधानमन्त्री प्रचण्डले ०६८ मङ्सिर २० गते गरेका थिए । रुुकुमका अगुवाले ‘कामी बुढा अध्ययन समाज’ स्थापना गरेर स्मृति दिवस पनि मनाइँदै आएका छन् ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)