मगर संघका सचिव र कोषाध्यक्षलाई सांगठनिक नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम !

रूद्र श्रीसमगर
पोखरा, १९ वैशाख

नेपाल मगर संघ कास्कीले जिल्ला अन्तर्गत रहेको विभिन्न एकाइ समितिका सचिव र कोषाध्यक्षहरूका लागि एक दिवसीय सांगठनिक नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । एकाइ सचिव र कोषाध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि सोमबार तालिमको आयोजना गरिएको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । ‘मगर जातिको नेतृत्व गर्न स्थानीय तहबाटै सशक्तिकरण हुनु आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘हाम्रा सचिव र कोषाध्यक्षहरूलाई दक्ष बनाउन यो तालिमको आयोजना गरिएको हो ।’

तालिममा अधिवक्ता सुरेन्द्र थापामगरले सहजीकरण गर्नुभएको थियो । नेपाल मगर संघका पूर्व महासचिव समेत रहेका अधिवक्ता थापामगरले नेपाल मगर संघको सांगठनिक पद्धति, कार्यक्रम सञ्चालन प्रक्रिया र लेखा व्यवस्थापनबारे संघका एकाइ सचिव र कोषाध्यक्षहरूलाई अभिमुखीकरण गर्नुभएको थियो । तालिममा ७० जना प्रशिक्षार्थीहरू सहभागी थिए । तालिमका प्रशिक्षार्थीहरूले तालिम निकै उपलब्धीमूलक भएको बताएको संघका जिल्ला सचिव यामबहादुर थापामगरले जानकारी दिनुभयो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)