वरिष्ठ लोक गायक खड्ग गर्वुजाको एकल लोक गायन कार्यक्रम सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर
वैशाख, १७, काठमाण्डौ
वरिष्ठ लोक गायक खड्ग गर्वुजा मगरको एकल लोक गायन कार्यक्रम हिजो प्रज्ञा भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आयोजना गरेको कार्यक्रममा गर्वुजाले आफ्ना चर्चित लोकगीतहरु पस्किनु भएको थियो ।
उहाँले यो संसारमा आफुलाई जन्म दिने बाबाआमा भन्दा ठुलो कुरा अन्य नभएको बताउदैँ आफ्नो जन्मदिने बुवा भिम गवुर्जालाई ढोग गरेर कार्यक्रममा गाउन सुरु गर्नुभएको थियो ।


आफु भिरबाट लडेर चल्न नसक्ने हुदाँ आफ्नी आमाले स्याहार्ने गरेको तर पछि आमालाई पनि पक्षघात भएपछि दुवै जना विस्तरामा थलिनु पर्दा आमाछोरा रोएको एकअर्काले सुन्नु बाहेक कुनै उपाय नभएको त्यो दर्दनाक दिनसँगै आमालाई स्मरण गर्दै आफ्नो जीवनयात्रा जस्तै मार्मिक गीतहरुबाट सुरु गरेका उहाँका गीतहरुले सवै दर्शकका आँखा भरिएका थिए । गर्वुजाको जीवनयात्रा र साँगीतिक यात्रालाई समेटेर बनाईएको वृतचित्र देखाउँदै गर्दा भने सवै दर्शकले आँशु थाम्न सकेनन् ।
दुःख अनि पिडाबाट सृजना अनि आनन्दको यात्रा गर्न सिकेका गर्वुजाले दर्शकका आँखामा आँसुमात्र खसाल्न कहाँ चाहन्थे र, कार्यक्रमको समय जति ढल्किदै जान्थ्यो उति रमाईला गीतहरु कौडा, सालैज्यो, ख्याली गीतहरु गाएर सवै दर्शकलाई नचाउनुभएको थियो ।
एउटा माहुरी बाजा लिएर आएका उहाँ शारिरीक रुपमा अशक्त भएर पनि निरन्तर नेपाली गीतसँगीतको क्षेत्रमा माहुरी जस्तै परिश्रम गर्दै निरन्तर लाग्नु भयो र त आज नेपाली लोकगीत क्षेत्रले साँच्चिकै महजस्तै स्वादिला गीतहरु पाएको छ । र त फेरि भन्नुहुन्छ उहाँ, म दुःखमा नै जन्मेको हुर्केको मान्छे, दुःख नै गर्न मन लाग्छ त्यसैले जीवनको अन्तिम अवस्थासम्म पनि यहि नेपाली लोकगीतसँगीतको क्षेत्रलाई सेवा गरिराख्न पाऊँ । दःुखलाई चुनौतिको रुपमा लिने र सुखलाई प्रोत्साहनको रुपमा लिने गर्वुजा निरन्तर यहि क्षेत्रमा लाग्ने अठोट गर्नुहुन्छ ।
कुनै दिन विजोग अवस्थाबाट विरत्तिएर गाउँको एकजना दाईलाई बोक्न लगाई आमाको वुलाकी चोरेर आफैले बनाएको माहुरी बाजा लिई आमा अनि घरलाई छोडेर काठमाण्डौ छिरेपछिको कडा संघर्ष गर्दै नेपाली लोकगीतसंगीतको क्षेत्रमा लागेर एकल लोक गायन कार्यक्रम जस्तो यो स्थान सम्म आईपुगेका उहाँबाट गाइएका गीतहरुले दर्शकस्रोताले मनोरञ्जन मात्र लिएनन्, उहाँको गीतसंगीत जस्तै जीवनमा एक प्रेरक व्यक्तिको रुपमा गर्वुजालाई आ–आफ्नो मनमुटुमा सजाएर फर्किएका थिए ।
कार्यक्रम म्याग्दी कलाकार संघका अध्यक्ष विल पुर्जा मगरको अध्यक्षता तथा कार्यक्रमको मुख्य प्रायोजक मोना आई इ सी हङ्कङका संरक्षक प्रकाश पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)