मोना आईईसि खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रम २०७४ को तयारी पुरा !

बैसाख ९, काठमाण्डौ

चर्चित एंव बरिष्ठ लोक गायक खड्ग गर्बुजाको यही बैसाख १६ गते काठमाण्डौमा हुने एकल लोक गायन कार्यक्रम २०७४को तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । म्याग्दी कलाकार संघले पुराना कलाकारलाई सम्मान नँयालाई प्रोत्साहन भन्ने मुल नाराको साथ आयोजना गर्न लागेको आईइसी खड्ग गर्बुजा एकल गायन कार्यक्रमको तयारी पुरा भएको सुक्रबार अनामनगर स्थित पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

१६ गते प्रज्ञा भवन कमलादीमा दिनको १ बजेबाट सुरु हुने कार्यक्रम समय नजिकिए संगै आयोजकले प्रचारप्रसार कार्यक्रमलाई तिब्र बनाएको छ । सुक्रबार अनामनगरमा पत्रकार सम्मेलनको सभाध्यक्षता गर्नुभएका आयोजक म्याग्दी कलाकार संघका अध्यक्ष बील पुर्जा मगरले कार्यक्रम प्रचार प्रसारमा सहयोग गरी कार्यक्रम सफल पार्न सहयोग गरिदिन पत्रकारहरुलाई जानकारी दिनुहुँदै रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्ने पनि जानकारी दिनुभयो ।

म्याग्दी मराङ्ग ६ मा २०२६ सालमा जन्मनुभएका गायक गर्बुजा २०४७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेपछी व्यवसायिक रुपमा गायन क्षेत्रमा लाग्नुभएका गर्बुजा अहिले सालैजो किङ्गको रुपमा परिचित हुनुहुन्छ । नेपाली मौलिक लोक गीत संगीत र विशेष गरी सालैजो भाकालाई उजागर गरी संरक्षण प्रबर्धन गर्न महत्वपुर्ण योगदान दिनुभएका बरिष्ठ गायक गर्बुजाको एकल गायन कार्यक्रममा २१ वटा गीत प्रस्तुत गर्ने तयारी रहेको पत्रकार सम्मेलनमा गायक गर्बुजाले जानकारी गराउनुभयो । कार्यक्रमको इमेज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । एकल गायल कार्यक्रमलाई मोना आईईसीले मुख्य प्रायोजन गरेको छ भने अष्ट्रेलिया सीड्नीमा रहेका म्याग्देली परिवार प्रायोजक र मोना नेदरल्याण्डले सहप्रायोजन गरेको छ ।

कार्यक्रममा बोल्दै गायक गर्बुजाले आफुले गाएका अधिकांस गीतहरु मौलिकतामा आधारित रहेकोले नेपाली मौलिक कला संकृतिलाई संरक्षण र प्रबर्धनमा महत्वपुर्ण योगदान पुग्ने आशा रहेको भन्दै तिनै गीतहरु एकल गायन कार्यक्रममा प्रस्तुत गरिने बताउनुभयो । गोरखा दक्षिण वाहु चौथो, जनकल्याण पुरस्कार, अरुण थापा स्मृति पुरस्कार, उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार लगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल गायक गर्बुजाले १ हजार बढी गीतमा स्वर दिसक्नु भएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)