युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम , अध्यक्षमा ममता !

पाल्पा, चैत्र ३१
राष्ट्रिय जनमुक्ती पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको राष्ट्रिय अध्यक्षमा घनश्याम थापा (शंकर) निर्वाचिन हुनुभएको छ । स्याङ्जा घर भई रुपन्देहीमा बसोवास गर्दे आउनुभएका घनश्याम थापा मोर्चाका पुर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । तानसेनमा मंगलवार सम्पन्न मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनले ममता बुढाथोकी (गुल्मी) लाई अध्यक्षमा निर्वाचित गरेको छ । बुढाथोकी पुर्व वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा सुन्दर गुरुङ्ग (रुपन्देही) महासचिवमा लालबहादुर सार्की गोतामे( तनहु) सचिवमा बसु राना (कपिलवस्तु ) र सचिवमा राम अस्लामी (पाल्पा ) लाई लाई चयन गरेको छ ।

मोर्चाका कोषाध्यक्षमा बसन्त सिंजाली (पाल्पा) उपाध्यक्ष (खेलकुदमा ) राजकुमार थापा (म्याग्दी) , केन्द्रिय सदस्यमा के एस थापा (रुपन्देही ) विरेन्द्र अस्लामी (पाल्पा) , अनिरुद्ध थापा (सुनसरी) बल बहादुर घर्ती (दाङ्ग) सुरज आले (ललितपुर ) र अनिस लम्फङ्वा (सुनसरी) लाई सर्वसम्म्त चयन गरेको छ । आईतवार टुडिखेल खुला मन्चमा उद्घाटन भएको मोर्चाको पाचौ राष्ट्रिय अधिबेशनको बन्दसत्र टक्सार टोल स्थित
महाचैत्य विहारमा भएको थियो ।

युवा देश निर्माणकोमूल आधार भन्नेनाराका साथ सम्पन्न भएको महाधिवेशनको बन्द शत्रले राष्ट्रिय युवा मोर्चाको नाम परिवर्तन गरी जनमुक्ति युवा महासघं नामाकरण गर्ने निर्णय गरेको छ । बन्द शत्रले देशमा प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचार अन्त्यका लागी शसक्त अभियान चलाउने लगाएतका निर्णय गरेको छ ।

मोर्चाको बन्द शत्रले विदेशमा गएका सबै युवाहरुले आफू रहेकै देशबाट विद्युतीय भोट दिनेव्यवस्था हुनुपर्ने, १६ वर्षभएका युवाहरुले मतदान गर्न पाउउनुपर्ने, दलहरुले निर्वाचनमा जितेर गईसकेपछि घोषणा पत्रमा जनाएकोप्रतिबद्धता अनुसार कर्तव्य पालना नगरेमा त्यस्ता राजनीतिक दल र तिनका विजेता प्रतिनिधिलाई कानूनी कारवाहीका लागि अदालतमा तान्ने व्यवस्था हुनु पर्ने लगाएतका ७ बुदे माग अघि सारेको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)