मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा रितु आले

प्रताप रानामगर /
प्रेम रोका मगर
चैत्र २८, दमौली

नेपाल मगर विद्यार्थी संघ तनहुँको ११ औं जिल्ला अधिवशेनमा भारी मत अन्तरले ऋतु आले अध्यक्षमा विजयी भएकी छिन् । ऋतुले प्रतिद्धन्दी विकास थापामगरलाई ४९ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कुल खसेको ७८ मतमा ऋतले ६३ मत र विकासले १४ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षम पदमा बसन सारुमगर विजयी भएका छन् । बसनले ६० मत ल्याए भने उनका प्रतिद्धण्दी अनिता थापा १७ मत प्राप्त गरे । त्यस्तै सह–सचिवमा बुद्ध थापामगरले ६४ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी बृहस्पति थापाले १३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष बसन र सह–सचिव बुद्ध अध्यक्ष ऋतु आलेका प्यानलबाट विजयी भएको हो । अधिवशेनले सचिवमा बसन्ती थापामगर, कोषाध्यक्षमा बिष्णु अस्लामीमगर निर्विरोध निर्वाचित भएकी थिइन् ।

जिल्ला सदस्यमा शैलेन्द्र राना, तिलु थापा, दानबहादुर थापा, कुसुम थापा, हेमबहादुर राना, रुपेश राना, सपना थापा, विक्रम राना, दिपा थपा, नरेन थापा र सोम थापा चयन भएको निर्वाचन अधिकृत तिलबहादुर थापाले जनाकारी दिए ।

नव निर्वाचित पदाधिकारीलाई नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापामगर र महिला सचिव सुमना थापामगर, केन्द्रिय सदस्य देवनारायण आले, जिल्ला अध्यक्ष सुजन थापामगरले बधाई ज्ञापन गरेका थिए ।अध्यक्ष, उपाध्यक्ष र सह–सचिवमा सर्वसहमत हुन नसकेपछि मतदानमा गएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

2 thoughts on “मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा रितु आले

  1. congratulations! to you all.
    I hope everyone will be dedicated to their time on the development of magar community rather than becoming cadres of kangres baun emale baun and maobadi baun.
    good luck.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)