नेपालका चार जना ख्याति प्राप्त लोक दोहोरी गायक/गायिकाहरुले रचे नयाँ किर्तिमान !

चैत्र १८, काठमाडौँ

नेपाली लोक दोहोरि गीत संगीतको क्षेत्रमा ख्याति प्राप्त एबम चर्चित चार जना गायक गायिकाहरुले अहिले सम्म कै ऐतिहासिक लोक दोहोरी गीत बनाएर नयाँ कृतिमान कायम गरेका छन् । पशुपति शर्माको शब्द/लय रहेको “रोधीमा मादलु घन्क्यो, नाचम्ला बुरुक्कै बुरुक्कै, मादलु बजेको सुनेर, सुतेको ज्यान पनि जुरुक्कै” भन्ने गीतमा, अहिले सम्म हजारौं लोक गीत/एल्बमहरु बजारमा ल्याइसकेका चर्चित लोक दोहोरी गायक/गायिकाहरु “पशुपति शर्मा, राजु ढकाल, देबी घर्ति र जुना श्रीसले” सुमधुर स्वर भरेका छन् भने यस गीतको म्युजिक भिडियोमा समेत आफुहरु चारै जनाले अभिनय गरेर नयाँ किर्तिमान समेत कायम गरेका छन् ।

बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई मगर्स क्रियशन कम्पनी प्रा.लि. ले उत्पादन गरि आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।

गीतको सफलताको लागि मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

हेरौ यो लोक दोहोरी गीत “सुतेको ज्यान पनि जुरुक्कै…”

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)