स्वर्ण सुन्दरी: निमा घर्ति मगर !

तिलक गुर्मछान, काठमडौ

चिम्सा आँखाहरु । वाटुलो मोहडा । हँसिली । सुन्दर देश नेपालकी छोरी । मुलुकको सुन्दरता प्रतिविम्वित भएको छ उनको यही अनुहारमा । अर्थात नेप्टी निमा । निमा घर्ति मगर । मगरकी चेली निमाको परिचय यति मात्र भने होइन । सगरमाथाको उचाईमा पुगिन् निमाको पहिचान । जब उनले सागमा स्वर्णको ताज पहिरिन् । नेपालको स्वर्ण खडेरीलाई उनले तोडिदिईन् । स्वर्णको उद्घाटन भयो । अन्य ६ मुलुकका प्रतिस्पर्धीहरुलाई कालो अनुहार पारेर स्वदेश फर्कन विवश बनाएकी निमाको स्वर्ण उमेर पनि भर्खरै शुरुवात भएको छ । उनले नेपाली नागरिकता पनि प्राप्त गरेकी छिन् । मुलुकलाई अरु स्वर्ण दिने हुतहुतीले निमा व्यग्र छिन् । व्यस्त छिन् आजभोलि ।
nima-gharti-magar-002
कोटगाउँ माडिचौर, रोल्पाकी निमा ।

निमाले एक साता अघि मात्र नागरिकता बनाएकी छिन् । ललितपुर जिल्लावाट । तर ललितपुर उनको जन्मथलो भने होइन । बुवा मन्सुर घर्ति मगर वैदेशिक रोजगारीका क्रममा वहराईन रहँदा निमाको जन्म भएको थियो । रोल्पाको कोटगाउँ गाविस वडा नम्वर १, माडिचौरमा उनको जन्म भएको हो । आमा पुना घर्ति मगरको माया र हेरचाहमा निमा हुर्किइन् । छुट्टिमा स्वदेश फर्केका बुवा मन्सुर घर्तिले चारपाँच वर्ष पछि मात्र आफनो छोरीलाई देख्न पाएका थिए । घर्ति पुनः विदेश गए । छोरी पनि हुुर्कदै थिई । त्यसपछि नेपाल फर्केका बुवा मन्सुरले जिल्लामा छोरीको पठनपाठन राम्रो नलागे पछि काठमाडौतर्फ लागे वि. स. २०६१ सालमा । वसाई महालक्ष्मीस्थान टिकाथली, ललितपुरमा शुरु भयो । निमाको खेलकुद यात्रा पनि शुरुवात भयो । उनले त्यहीवाट आफनो भविष्य निखार्न थाली ।

वगवन्धुमा नेपाललाई पहिलो स्वर्ण
भारतको वगवन्धुमा जारी १२औं साग खेलकुदमा नेपालको स्वर्ण खडेरीलाई निमाले तोडिदिईन् । नेपालको तर्फबाट प्रतियोगिता सुरु भएको चौथो दिनमा निमा घर्ती मगरले उसु तर्फकोको थाउलोमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी थिईन् । १६ वर्षीया निमाले आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय सहभागितामै नेपालका लागि उसुको नान छावन अलराउण्डमा स्वर्ण पदक दिलाएकी हुन् । पहिलो चरणको पहिलो खेलमा उनले ८.४५ र दोस्रो चरणको खेलमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी थिईन् ।
Nepali wushu player Nima Gharti Magar
गोदावरी खोला र निमा ।
डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत निमाले अध्ययनसँगै खेलकुदलाई अगाडि बढाएकी थिईन् । उनको त्यो मोह प्रशिक्षक प्रकाश महर्जनको नजरमा कैद भैसकेको थियो । उनमा मोह मात्र थिएन । लगाव, निपूणता र प्रदर्शनले निखार ल्याउदै थियो । घर छेवैमा वहने गोदावरी खोलाको सङ्लो पानी जस्तै उनको क्षमतामा धार लाग्दै गयो । त्यसैको परिणाम थियो उनको साग स्वर्ण ।

स्वर्ण विजेता निमाले एसएलसी सकाएकी छिन् । गेदावरी खोला किनाराको वगरमा आफूलाई अब्बल बनाएकी निमा आजभोलि पनि यही खोलाको किनारामा भेटिन्छिन् । आफ्नो अभ्यासको लागि हरेक विहान राष्ट्रिय रङ्गशालामा पुग्ने निमा साँझ पख भने गोदावरी खोला वगरमा पुग्छिन् । छिमेकी वालवालिकाहरुलाई उनी प्रशिक्षण दिन्छिन् । राज्यवाट केही पाउन उनले खेलकुद रोजेकी होइनन् । बरु, केही दिन सकिन्छ कि भन्ने हेतु उनमा थियो । स्वर्ण सुन्दरी निमा घर्तिले कलिलो उमेरमा मुलुकको पोल्टामा पदक दिलाईन् । तर राज्यवाट गरिने व्यवहारको उनले अनुभव गर्न सकेकी छैनन् । आजसम्म करिब दुई दर्जन बढी संघसंस्थाहरुवाट उनी सम्मानित भैसकेका छन् । उपत्यकामै वहने गोदावरी खोलाजस्तै राज्यको वेवास्तामा परेको गुनासो गर्छिन् निमा घर्ति मगर । भन्छिन् र्– एक पटक होइन, पटक पटक स्वर्ण दिलाउन सक्छु । वातावरण हुनु प¥यो । ’

(स्वर्ण विजेता निमा घर्ति मगरसँगको कुराकानीमा आधारित )
nima-gharti-magar-003

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)