लाहुरे दाइको चर्चित गीत ‘साइँली’को म्यूजिक भिडियो बजारमा !

रूद्र श्रीसमगर
पोखरा ३०, फागुन

‘धानको बाला साइँली कोदीको कपनी’ बोलको साइँली गीत एक जमानामा निकै चर्चित गीत हो । श्रीप्रसाद थापा ‘लाहुरे दाइ’को आफ्नै लय तथा शब्द रहेको यो गीत श्रीप्रसाद स्वयं र कृष्णा परियारले गाएका छन् । धेरैको जनजिब्रोमा झुण्डिन सफल यो गीतको म्यूजिक भिडियोले पनि दर्शकको मन जित्ने आशा गरिएको छ । गीत रेकर्ड भएको निकै पछि म्यूजिक भिडियो बजारमा आएको हो । स्याङ्जाको फेदीखोला, साल्मेडाँडामा छायाड्ढन गरिएको म्यूजिक भिडियो गायक श्रीप्रसाद थापा स्वयं, उनकी श्रीमती हिरा खत्री, छोराहरू श्रीयुग थापा र कुशाग्रसेन थापाले अभिनय गरेका छन् । विभिन्न चलचित्र तथा टेलिश्रृंखलामा समेत अभिनय गर्दै आएका लाहुरे दाइ हास्य कलाकारका रूपमा समेत परिचित छन् । अहिलेका चलन चल्तीका म्यूजिक भिडियो निर्देशक गोविन्द पुनको निर्देशन, दानबहादुर श्रीस र प्रेम थापाको छायाड्ढनमा तयार भएको सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो । म्यूजिक भिडियोको सम्पादन दानबहादुर श्रीसले गरेका हुन् ।

हेरौं यो गीत “धानको बाला साइली….”

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)