नवगायिका रिया घलेले चर्चित गायक ऋषिलाई पारिन आफ्नो माया जालमा !

फागुन २८, काठमाडौँ

बाबा नर बहादुर घले र आमा कुमारी घलेको कोखबाट रसुवामा जन्म भै अहिले काठमाडौँमा मोडेलिंग र सांगीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापना गर्न लागि परेकी मोडेल एबं नवगायिका रिया घले मगरले ‘मायाको जालैमा’ बजारमा ल्याएकी छिन । लोक प्रिय गायक ऋषि खड्काको सब्द/संगीत रहेको यस गीतमा घलेलाई ऋषिले साथ् दिएका छन् | बिगत तिन बर्ष देखि मोडेलिंग क्षेत्रमा राम्रो पहुच बनाइसकेकी घलेको सांगीतिक क्षेत्रमा यो पहिलो कोसेली हो |

बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रविण भट्टको सम्पादनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई मगर्स क्रियशन कम्पनी प्रा.लि. ले उत्पादन गरि आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो । साथै, म्युजिक भिडियोमा नायक गजित बिष्ट र जानवी बस्नेतको रोमान्चक अभिनय देख्न सकिन्छ । यो मेरो पहिलो प्रयास हो, मलाई हौसला प्रदान गर्नुहुने सबैप्रति आभारी छु र यहाँहरुबाट प्राप्त माया र समर्थनले साँगीतिक क्षेत्रमा अगाडि बढ्ने प्रेरणा मिलेको छ, रिया घलेले भनिन |

गीतको सफलताको लागि मगर मिडिया डट कम (www.magarmedia.com) को तर्फबाट धेरै धेरै शुभकामना ।

हेरौ यो लोक गीत “मायाको जालैमा…”

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)