१०७ औं अन्तर्राष्ट्रिय नारी दिवसमा फ्याफुल्ला महिला सहकारीको क्यान्सर सचेतना कार्यक्रम !

रूद्र श्रीसमगर
पोखरा, २८ फागुन

१०७औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संगमटोल–१३, पोखराको आयोजनामा स्वास्थ्य –क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था कास्कीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय उपकोषाध्यक्ष माधवप्रसाद सिग्देलले क्यान्सरजस्तो प्राणघातक रोगको रोकथामका लागि सचेतना जरुरी रहेको बताउनुभयो । सो अवसरमा पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा. कालु शर्माले सहजीकरण गर्नुभएको थियो ।

फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा अर्बुद रोग निवारण संस्था कास्कीका उपाध्यक्ष प्रेम भुजेल र मिनमाया तामाङले बोल्नुभएको थियो । फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष शान्ति तामाङले स्वागत मन्तव्य र सचिव पवित्र तामाङले सञ्चालन गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)