नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न /माझी महिला उत्थान संघकी अध्यक्ष रिता माझी प्रथम !

फागुन २५, ललितपुर

१०७औँ नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपालको राजनितीमा आदिवासी जनजाती महिलाहरुको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । आदिवासी जनजाती महिलाहरुलाई बोल्ने बानीको विकास गर्ने र प्रोत्साहनको लागी भन्दै आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाण्डौले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मंगरबार सम्पन्न प्रतियोगितामा आदिवासी जनजातीहरुको विभिन्न महिला संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुले सहभागिता जनाए । नेपालको राजनितीमा आदिवासी जनजाती महिलाहरुको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा माझी महिला उत्थान संघकी अध्यक्ष रिता माझी प्रथम हुन सफल हुनुभयो । प्रतियोगितामा नेपाल थामी महिला समाजकी अध्यक्ष नानु थामी द्धितिय र नेपाल मगर संघकी अध्यक्ष विनिता आले तृतिय हुनुभएको छ ।

नेपाल गुरुङ तमु महिला संघकी अध्यक्ष चन्द्रकला गुरुङ, नेपाल भाषा मिसा खलकी सचिव उर्मिला डङ्गोल, धिमाल महिला संघकी सदस्य मोनालिसा धिमाल, सुनुवार महिला समाजकी सदस्य तस्ना किराँत सुनुवार र किराँत राई सुम्निमा संघकी सोनम राईले बोल्नुभयो । त्यस्तै याक्खामा यक्सिनकी अध्यक्ष देवीमाया देवान, मान्गेना चुमालुङकी सुरजा लिम्वु, छन्त्याल महिला समाजकी अध्यक्ष मनमायाँ छन्त्याल, मुगाल महिलाकीटासी मिङ्मा लामा, योल्मो महिला संघकी अध्यक्ष ल्हाटेन डोल्मा योल्मो, दुरा महिला समाजकी अध्यक्ष पवित्रा दुराले सहभागिता जनाउनुभएको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा वोल्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङले यस्ता प्रतियोगिताले बोल्न सक्ने सिप र क्षमताको विकास हुने भन्दै नारी दिवसको अवसरमा सम्पुर्णलाई सुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा जनजाती अगुवा, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।


Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)