नेपाल मगर साँस्कृतिक संघलाई विभिन्न व्यक्तित्वहरुको सहयोग प्राप्त !

फागुन १९, काठमाण्डौ

नेपाल मगर साँस्कृतिक संघलाई विभिन्न समाजसेवी व्यक्तित्वहरुबाट सहयोग प्राप्त भएको छ । मगर साँस्कृतिक संघलाई नेपाल मगर संघ हङकङकी अध्यक्ष तथा नेपाल मगर संघ पुर्वी एसिया संयोजक चन्द्रज्योती आले र मगर महिला संघ युकेकी सचिव सरिता थापा मगरले कम्प्युटर उपलव्ध गराउनु भएको छ ।

त्यसैगरी साँस्कृतिक संघको कार्यालयको लागी मगर संघ जापानका पुर्व अध्यक्ष दिलिप राना मगरले १० हजार बराबरको फर्निचर प्रदान गर्नुभएको छ । त्यस्तै साँस्कृतिक संघको कल्याणकारी कोषको लागी नेपाल मगर संघ कोरियाकी कोषाध्यक्ष शुशिला थापा मगर र हङकङमा बस्नुहुने कलाकार हर्षित आले मगरले जनही २० हजार प्रदान गर्नुभएको नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगरले जानकारी दिनुभयो ।

नेपाल मगर साँस्कृतिक संघ र समाजसेवीहरु विच बुधबार काठमाण्डौको सामाखुसीमा भएको अनौपचारिक भेटघाटको क्रममा सो सहयोग प्रदान गरिएको हो । भेटघाटमा नेपाल मगर सास्कृतिक संघ केन्द्रीय समितीका पदाधीकारीहरु तथा कलाकार र नेपाल मगर संघका विभिन्न विदेश शाखाका प्रमुख तथा प्रतिनिधिहरु विच भेटघाट भएको हो ।
भेटघाटमा मगर संघ हङकङका अध्यक्ष तथा नेपाल मगर सघ केन्द्रका पुर्बी एशियाका सम्योजक चन्द्रज्योती आले मगर, हङकङकी कलाकार , हर्षित आले मगर, मगर संघ जापानका पुर्ब अध्यक्ष दिलिप राना मगर, युके मगर महिलाका सचिब सरिता थापा मगर र मगर सघ कोरियाका सहकोषाध्यक्ष शुशिला थापा मगरको उपस्थिती रहेको थियो भने नेपाल मगर संघका अध्यक्ष कविराज मगर लगाएत चर्चित कलाकारहरु निता पुन मगर, देवराज आले मगर, डोलराज बाह्रघरे मगर, विलन थापा मगर,प्रसाद खप्तरी मगर, निरु श्रीस मगर, कल्याण राना मगर, निर आले मगर लगाएत चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)