मगर दिवसमा दुईजना पत्रकार सम्मानित !

फागुन १८, बेसीशहर लमजुङ

नेपाल मगर संघको ३५औं स्थापना दिवसका अवसरमा लमजुङका २ जना मगर पत्रकारहरु सम्मानित भएका छन् । दिवसका अवसरमा लमजुङमा कार्यरत मगर पत्रकार कृष्णबहादुर आले मगर र रामजी राना मगरलाई नेपाल मगर संघ लमजुङ र मगर संघ बेसीशहर ईकाइले संयुक्त रुपमा सम्मान गरेको हो । नेपाल मगर संघका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर, जिल्ला मगर संघका अध्यक्ष राममाया थापा मगर, मगर संघ बेसीहर ईकाइका अध्यक्ष पबित्रा थापा रानाले संयुक्त रुपमा सम्मान पत्र, खादा र टिकाले पत्रकारद्वयलाई सम्मान गरिएको थियो । सम्मानित आलेमगर नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष, नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष र स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक र कार्यकारी सम्पादक हुनुहुन्छ । अर्का सम्मानित मगर पत्रकार राना मगर नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिका लेखा सदस्य, फोनिज लमजुङका संस्थापक अध्यक्ष, रेडियो लमजुङका स्टेसन म्यानेजर र हिमालय टाइम्स्का लमजुङ संवाददाता हुनुहुन्छ ।

जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आवद्ध रही आदिवासी जनजातीहरुको धर्म, संस्कृति र समुदायको उत्थानमा उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला मगर संघका अध्यक्ष राममाया थापा मगरले बताउनु भयो । सम्मानित मगर पत्रकारद्वय आले मगर र राना मगरले पत्रकारहरुलाइ गरिएको सम्मान मगर समुदायको सम्मान भएको बताएका छन् । दिवसका प्रमुख अतिथि थापा मगरले नयाँ संविधान पूर्ण नभएको तर संशोधन हुँदा पाएका हक र अधिकारहरु हनन हुन नहुनेमा मगरहरु सतर्क हुनु पर्ने बताउनु भयो । साथै उहाँले मगरहरुको भाषा, संस्कृति लोप हुन लागेको संरक्षणका लागि अगुवाई मगरहरु आफैले गर्नुपर्ने बताउनु भएको थियो ।

नेपाल मगर संघ लमजुङका अध्यक्ष राममाया थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य वल वहादुर राना मगर, संघका पुर्व अध्यक्षहरु टेक वहदाुर थापा मगर, मान वहादुर आले मगर, वेसीशहर इकाइका अध्यक्ष पवित्रा थापा मगर, चनौटे इकाइका अध्यक्ष डम्वरवहादुर आले मगर, जग्गादाता मिनबहादुर राना मगर, जिल्ला सल्लाहकार सन्तमान थापा मगर लगायतले मन्तव्य राख्नु हुदै मगरहरुले आफ्नो चाडपर्वमा पनि सार्वजनिक बिदा नपाएको गुनासो गरेका थिए । सो अवसरमा मगर सस्कृतिक झल्कने सोरठी, कौरा, चुट्का लगायतका नृत्य तथा सांस्कृतक कार्यक्रम गरिएको थियो । संघका उपाध्यक्ष बिष्णुमाया राना मगरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव यमबहादुर आलेमगरले गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)