सिर्जना आमा समूह, ढुड्डेठाँटीद्वारा छाँयांकन टोलीको भव्य विदाई !

रूद्र श्रीसमगर
फागुन १८, चित्रेभञ्ज्याङ (स्याङ्जा)

स्याङ्जाको दक्षिण पूर्वी गाविस चित्रेभञ्ज्याङको गीत संगीतका माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको ग्रामीण पर्यटन प्रवद्र्धनात्मक म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । तीन दिनमा सो म्यूजिक भिडियोको छायाड्ढन सकिएको हो । चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीको निर्माणमा निर्माण हुन लागेको म्यूजिक भिडियोमा चित्रेभञ्ज्याङ गाविसका पर्यटकीय सम्भावना बोकेका विभिन्न ठाउँहरूलाई कैद गरिएको छ । गीतकार रिमबाबु रानाको शब्द र राजकुमार बगरको संगीत रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीस र प्रेम थापाले गर्नुभएको हो भने गोविन्द पुनले निर्देशन गर्नुभएको छ ।

कमल सौराग र कलावती थापाको स्वर रहेको गीतको म्यूजिक भिडियोमा अनु राना, सलिना राना, प्रेम थापा र देवक थापाले मोडलिङ गरेका छन् । छायाड्ढन टोलीलाई सोमबार चित्रेभञ्ज्याङ–२, ढुड्डेठाँटीबासीले भव्य बिदाइ गरे । सिर्जना आमा समूहको आयोजनामा भएको बिदाइ कार्यक्रममा फूलमाला, अबिरसहित छायाड्ढन टोलीको भव्य बिदाइ गरेका हुन् ।

बिदाइका अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगरले यस म्यूजिक भिडियोले चित्रेभञ्ज्याङको समग्र चिनारीका लागि महŒव भूमिका खेल्ने बताउनुभयो । म्यूजिक भिडियोमार्फत् गाउँको प्रवद्र्धन गर्न सकिने बताउँदै उपमहासचिव श्रीसमगरले गीतसंगीतले मानिसलाई चाँडै प्रभावित गर्ने भएकाले गीत संगीतले कुनै पनि ठाउँलाई परिचित गराउन अहम् भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्चका सचिव बुद्धिराम लम्सालले न्यानो आतिथ्य दिएर म्यूजिक भिडियो छायाड्ढन सम्पन्न गर्न सहयोग गरेकोमा सिर्जना आमा समूह र सबै गाउँलेलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा म्यूजिक भिडियोले सहयोग पुग्ने आशा गरेको बताउनुभयो । मञ्चका सह–सचिव रूद्र ‘सन्देश’ मगरले चित्रेभञ्ज्याङ गाविसको समग्र विकासमा मञ्चले सानै भएपनि टेवा पु¥याउने उद्देश्य राखेको बताउनुभयो ।
सिर्जना आमा समूहकी अध्यक्ष खिमकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मेखमाया थापाले स्वागत गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)