मगरात प्राप्तिको लडाइँ सकिएको छैन : सुरेश आलेमगर !

रूद्र श्रीसमगर
फागुन १८, क्याक्मी (स्याङ्जा)

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं पूर्व सभासद् सुरेश आलेमगरले मगरात प्राप्तिको लडाइँ अझै नसकिएको बताउनुभएको छ ।
नेपाल मगर संघ क्याक्मी गाउँ समिति, स्याङ्जाद्वारा संघको ३५ औं स्थापना दिवस एवं मगर दिवसका अवसरमा आइतबार क्याक्मी–३, बैदीछापमा आयोजित मगर दिवस समारोहलाई सम्बोधन गर्दै नेता आलेमगरले नयाँ संविधानप्रति अझै पनि सबै जनताले अपनत्व महसुस गर्न नपाएको उल्लेख गर्नुभयो । ‘मगरात भूमिलाई तीन टुक्रामा विभाजन गरिएको छ’, नेता आलेमगरले भन्नुभयो, ‘मगरात स्वायत्त राज्य वा प्रदेशका लागि अझै लडाइँ आवश्यक छ ।’

नेपाल मगर संघका संस्थापक महासचिव समेत रहनुभएका नेता आलेमगरले संविधान जारी भएपनि संविधानप्रतिको असन्तुष्टि कायमै रहेको भन्दै असन्तुष्टिको सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको बताउनुभयो । ‘संविधान संशोधनले मात्रै सबै जाति, वर्ग, क्षेत्र र लिड्डको भावना सम्बोधन गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘मगरहरूको अधिकार अझै पूर्ण रूपमा प्राप्त भएको छैन, मुक्ति आन्दोलनमा लाग्नु जरुरी छ ।’ मगर दिवसले मगरहरूको एकतालाई मजबुत बनाएको भन्दै नेता आलेमगरले मगर जाति अब नाचगानमा मात्रै भुलेर बस्ने बेला नभएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्षद् एवं पूर्व राष्ट्रिय पञ्चायत सदस्य पिताम्बर थापामगरले मगरहरूबीच एकता जरुरी रहेको भन्दै पार्टीभन्दा जातिलाई ठूलो मान्नुपर्ने बताउनुभयो । ‘जातिभन्दा पार्टी ठूलो हुनै सक्दैन’, उहाँले भन्नुभयो, ‘मगरहरूले अरूको दासी बन्ने मानसिकता त्याग्नु जरुरी छ, पार्टीभन्दा माथि उठेर एकढिक्का हुनु जरुरी छ ।’ मगर दिवसले सबै मगरलाई एकताको सूत्रमा बाँध्न सहयोग पु¥याएको उल्लेख गर्दै नेता थापामगरले मगर जातिले राज्यका हरेक निकायमा आफ्नो पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानन्धर समाज नेपालका केन्द्रीय अध्यक्ष एवं क्याक्मी गाविसका पूर्व अध्यक्ष देवकुमार मानन्धर, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल स्याङ्जाका जिल्ला संयोजक प्रेमबहादुर थापामगर, नेपाल मगर संघ स्याङ्जाका जिल्ला सदस्य मोहन थापामगर, जिल्ला सदस्य एवं चित्रेभञ्ज्याङ गाउँ समितिका अध्यक्ष रेवती थापामगर, नेपाल मगर महिला संघ क्याक्मी गाउँ समितिकी अध्यक्ष यामकुमारी आलेमगर, नेपाल मगर संघ क्याक्मी गाउँ समितिका पूर्व अध्यक्ष नेत्रबहादुर आलेमगर ‘गोपी’, नेपाल मगर संघ क्याक्मीका सल्लाहकार नरबहादुर थापामगर, नेपाल मगर बौद्ध सेवा समाज तनहुँ क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष किसान अस्लामीमगर, नेकपा (माओवादी केन्द्र) चित्रेभञ्ज्याङका अध्यक्ष कोषबहादुर थापामगर, राष्ट्रिय जनमुक्ति पार्टी क्याक्मीका अध्यक्ष बाबुराम थापामगरलगायतले मगरहरू एकजुट भएर अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कौह्रा, पञ्चेबाजालगायत विभिन्न नाच प्रस्तुत गरिएका थिए । यसैबीच, नेपाल मगर संघ क्याक्मी गाउँ समिति, स्याङ्जाले आयोजना गरेको एक हप्ते उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम पनि आइतबार नै समापन गरिएको छ । फागुन ९ गतेदेखि सुरु भएको तालिममा पत्रकार रूद्रबहादुर श्रीसमगरले सहजीकरण गर्नुभएको थियो भने ४० जना प्रशिक्षार्थी सहभागी थिए । समापनका अवसरमा प्रशिक्षार्थीहरू केशमाया थापामगर ‘जसिका’, हरि गाहामगर, घनश्यामसिंह रानामगर, विना रानामगर र प्रशान्त थापामगरले तालिमबारे आफ्नो अनुभव राख्नुभएको थियो । तालिमका प्रशिक्षक श्रीसमगरलाई प्रशिक्षार्थीहरूले मायाको चिनोद्वारा सम्मान समेत गरेका थिए । नेपाल मगर संघ क्याक्मी गाउँ समितिका अध्यक्ष मनबहादुर सारूमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नन्दकुमार थापामगर ‘नारायण’ तथा कोषाध्यक्ष जीवन रानामगरले स्वागत गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)