काभ्रेमा मगर शिक्षक सघं गठन !

फागुन १८, बनेपा

मगर शिक्षकको हक हितका लागि भन्दै काभ्रेका मगर शिक्षकहरु एक भएर मगर शिक्षक सघं जिल्ला कार्य समिति गठन गरेका छन् । मगर शिक्षक सघं काभ्रेको गठन कार्यक्रम उद्घाटन गर्दै पूर्व स्थानि सहायक मन्त्री,सभासत तथा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रिय सदस्य रेसम लामाले मगर शिक्षक र समग्र शिक्षकका हक हित र हावाजका लागि काभ्रेमा रहेर शिक्षण पेशामा लागेका मगरहरू एक भएर जानु पर्ने र आजको आवस्यकता पनि भएको बताएका छन् । त्यस्तै राप्रपाका जिल्ला सचिव राजेन्द्र केसीले मगर शिक्षक एक भएर जानु अति नै राम्रो कुरा भएको र मगर शिक्षकको हक हितका लागि आवश्यक परेको खण्डमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा विशेष अतिथि नेपाल मगर शिक्षक संघका केन्द्रिय सदस्य विनिता सिञ्जाली मगरले काभ्रेमा मगर शिक्षकहरूको हक हितका लागि मगर शिक्षक सघं आवश्यकता भएकोले नेपाल मगर शिक्षक सघं काभ्रेको गठन गरेको बताएका छन् । कार्यक्रममा नेपाल मगर सघं काभ्रेका संस्थापक कोषाध्यक्ष रुप बहादुर आले मगरले आफ्नो भाषा, संकृती, भेषभूसा लगयतको संरक्षण र संवर्धनका लागि मगरहरु एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सभापति नेपाल मगर सघं काभ्रेका अध्यक्ष राजकुमार थापा मगरले कार्यक्रम विसर्जन गरेको थियो भने शिक्षक रविना रखाल मगरले स्वागत मन्तव्य सदएका थिए । कार्यक्रममा नेपाल मगर सघंका जिल्ला सदस्य तथा काभ्रे सन्देशका उप सम्पादक इन्द्र बहादुर थापा मगर, नेपाल मगर महिला सघंका जिल्ला हध्यक्ष सरिता पुलामी मगर, नेपाल मगर विध्यार्थी सघंका जिल्ला उपाध्यक्ष अमृता पुलामी मगर लगायत उपस्थिती रहेको सथयो भने कार्यक्रम सृष्टि गुर्मछान मगरले सञ्चालन गरेका थिए ।

नेपाल मगर शिक्षक सघं काभ्रेको अध्यक्षमा पदम बहादुर रखाल मगर, उपाध्यक्षमा रविना रखाल मगर, सचिवमा चेतना आले मगर, कोषाध्यक्षमा शेर बहादुर थापा मगर र सहसचिवमा पउराम जर्घा मगर लगायत ११ सदस्यीय गठन भएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)