खुर्पेटोले रुवायो !

जानुका राई
माघ ११, बेलायत

बेलायतस्थित आस्फोर्ड शहरमा १८ फेब्रुवरी, २०१७ का दिन केन्ट मगरसंघको आयोजनामा मगर जातिका बिशुद्ध परम्परागत संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र “खुर्पेटो” प्रदर्शन भयो ।

मगर चलचित्र संघका अध्यक्ष निर्देशन तथा निर्माता युवराज मास्की राना मगरद्धुारा प्रदर्शन गरिएको चलचित्र खुर्पेटो मा नेपालका पश्चिम क्षेत्रलाई पुर्खौली थलो बनाएर बसोबास गरिरहेका मगर जातिहरुका पुर्खादेखि चल्दै आएको परम्परागत संस्कारलाई जस्ताको तेस्तै रुपमा चित्रण गरिएको छ ।

मगर समाजका पुर्खौली रिती रिवाज र जीवन निर्वाहका लागि गरिने परम्परागत व्यवसायलाई चलचित्रमादेखाउने प्रयाश गरिएको छ ।दुर्गम क्षेत्रमा बसोसास गरिरहेका मगर जातिहरुबाट निर्मित सामग्रीहरु किन बेचका लागि यातायात र बजारको अभावको कारण धेरैले दुःख खेपिरहेको भन्ने देखाउन खोजिएको छ ।

आर्थिक समस्या र बेरोजगारीको कारण नयाँ पुस्ताहरुको जीवनको अन्तिम गन्तब्य नै बिदेश भएको ररोजगारीको लागि घरबारी बन्दकी राखेर बिदेश जाने क्रममा दलालहरुबाट ठगिनेहरुको भविस्य चकनाचूर बनेका युवाहरुको कारुणिक पीडालाई चलचित्रमा कोट्याने प्रयाश गरिएको छ ।

युवाहरुलेआर्थिक संकटको कारण चाहेर पनि शिक्षालाई निरन्तरता दिन नसकेरको कुरो पनि चलचित्रमा उठान गरिएको छ । अफ्नो हक र हितका लागि राज्यसंग अधिकार खोज्न आन्दोलतमा होमिनवाध्य कयौ युवाहरुले मृत्युवरण गर्नुपरेको घटना र उनिहरुको परिवारले भोगिरहेको हृदयविदारक मानवीय चित्कारलाई अत्यन्त कारुनिक ढंगले खुर्पेटोमा उठाइएको छ ।

परम्परादेखि मगरजातिहरुले चलनको रुपमा प्रयोग गर्दै आएको हँसिया भिर्ने काठबाट निर्मित गोलाकार बट्टालाई घाँस दाउरा जाँदा प्रायले कम्बरमा भिरेर हिड्ने गर्छन् ुर त्यही बट्टालाईखुर्पेटो भन्ने गरिन्छ । युवा युवती बीच मायाको चिन्होको रुपमा खुर्पेटोसाटासाट गरिने चलनलाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रको नाम खुर्पेटो राखिए तापनि नेपाली युवाहरुले भोग्दै आइरहेको यर्थाथ जीवन भोगाईलाई नै कथाको मुख्य पृष्टभूमि बनाएर अत्यन्तै मार्मिक ढंगले चलचित्रको निर्माण गरिएको छ ।

केन्ट मगर संघका उपाध्यक्ष मधुराम राना मगरले संयोजन गरेको चलचित्र प्रदर्शन कार्यक्रम सकेपछि नेपालका अध्यक्ष मास्कीले, नेपालका आदिवासी जनजातिहरुद्धारा आ—आफ्नो पहिचान र संस्कृतिमा आधारित पाँचसय भन्दा बढी चलचित्रहरु नेपालमा बनिसकेको कुरोका जानकारी गराए ।अध्यक्ष मास्केले नेपालको चलचित्रको कुनैपनि बिषयमा आदिवासी युवाहरुको अभिनय गर्ने क्षमता अब्बल दर्जाको छ भनेभन्ने कुरोको पनि जिकिर गरे । उनले चलचित्र प्रदर्शन गर्न सहयोगका लागि बिषेश केन्ट मगर संघ र उपस्थित सबैलाई धन्यवात दिदै चलचित्रको बारेमा आफ्नो धराण राख्न सबैलाई आग्रह गरे ।

केन्ट मगर संघका अध्यक्ष बिजय हितान मगरले नेपालबाट बेलायतसम्म आएर आफ्नो संस्कारमा आधारित चतचित्र हेर्न सबैलाई अवसर दिएकोमा अध्यक्ष मास्कीलाई खादा ओढाएर सम्मान गर्दै धन्यवात ग्यापन गरे । अध्यक्ष हितानले अदिवासीहरुको अस्तित्व र अधिकारको लागि समय सापेक्ष जनचेतनामूलक चलचित्रहरु धेरै बन्नुपर्छ भन्ने सुझाव व्यक्त गरे ।

विनेसा संघकी महासचिव जानुका राईले् असि प्रतिशतभन्दा बढी जनसंख्या रहेको आदिबासी समाजका युवाहरुको भविस्यप्रति नेपाल सरकारले बेवास्ता गरेको कारण आज लाखौ नेपाली युवा जनशक्तिलाई बिदेशले लुटिरहेका छन् । दलालहरुबाट ठगिनु र कयौको अकालमै मृत्यु हुनाले परिवारको जिन्दगी बरवात भएको छ । युवाहरुको भविस्यप्रति सरकार सचेत हुन जरुरी छ र प्रकृतिको खानी देश नेपालमै पनि धेरै सस्भावनाहरु छन् । अवका युवाहरुले स्वदेशमै विकल्प खोज्नु पर्छ भने किसिमका चलचित्र बनाएर जनतामा शन्देस जान सकोस भनि अध्यक्ष मास्किलाई सुझव दिए ।

विनेसा संघ संस्कृत विभागका प्रमुख थिर थापाले पनि आदिवासी युवाहरुको भविस्य सुरक्षालाई मध्यनजर गरी हाम्रा पहिचान उजागर गर्ने नेपाली चलचित्रहरु बन्नु पर्छ । आवाश्यक परेको खण्डमा बेलायतबासी नेपालीहरुले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालका अध्यक्ष सास्कीलाई हौसला दिएका थिए । विनेसाकी सचिव करिश्मा घमले आफ्नो अतीतलाई अनुभूत गराउने चलचित्रले मगर समाजको यर्थाथ रुपको चित्रण गरेको छ भनिन् ।

खुर्पेटो चलचित्र हेर्नका लागि उपस्थित भएका प्राय सबै दर्शकहरुले चलचित्र हेर्दा आँसु झारेका थिए ।विभिन्न संस्थाबाट उपस्थित सबैले उक्त चलचित्र खुवै राम्रो छ भनि खुलेरै प्रसंशा गर्दै नेपालका अध्यक्ष मास्किलाई धन्यवात दिए ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)