पत्रकार महासंघ लमजुङको बरिष्ठ उपाध्यक्षमा मगर पत्रकार आलेमगर !

फागुन ५, बेसीशहर, लमजुङ

नेपाल पत्रकार महासंघ लमजुङको छैटौं अधिवेसनबाट नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य कृष्णबहादुर आलेमगर बहुमतका साथ बरिष्ठ उपाध्यक्षमा निर्वाचिन हुनुभएको छ । फागुन ३ गते देखि बेसीशहरमा शुरु भएको जिल्ला अधिबेसनबाट आलेमगर निर्वाचित हुनुभएको हो ।

कूल ६५ मत रहेको पत्रकार महासंघ लमजुङको निर्वाचनमा आलेमगरले ३७ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी छबिलाल बगालेले २६ मत प्राप्त गर्नुभएको थियो । खुल्ला तर्पmको नवनिर्वाचित उपाध्यक्ष आलेमगर नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) लमजुङ र स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष तथा स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक र कार्यकारी सम्पादक समेत हुनुहुन्छ ।

महासंघको अध्यक्ष पदमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सदस्य आश गुरुङ विजयी भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङले ३३ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा प्रत्यासी उमेद्वार परमेश्वर अधिकारीले ३१ मत प्राप्त गर्नुभएको थियो । अधिवेसनमा महिला उपाध्यक्षमा विमला अधिकारीले ३४ मतका साथ विजयी हुनुभएको छ । सोही पदका प्रत्यासी अन्जु रिमालले २८ मत पाएकी छन् । यसैगरी, सचिवमा सन्देश पौडेलले ३४ मतका साथ विजयी हुनुभएको छ । सोही पदका प्रत्यासी रुद्रहरि ढकालले ३० मत पाउनु भएको छ ।

सहसचिव (खुल्ला) मा रविन्द्र लामिछाने र कोषाध्यक्ष शान्ता कमली निर्विरोध निर्वाचित भएका छन् । समावेसी तर्फको सहसचिव पदमा श्यामसितल परियारले ३१ मतका साथ विजयी हुनुभएको छ भने सोही पदका प्रत्यासी सरोज विश्वकर्माले ३० मत पाउनु भएको छ । महिला सदस्य पदमा फोनिज लमजुङका सचिव संझना तामाङ ३७ मतका साथ विजयी हुनुभएको छ । सोही पदकी प्रत्यासी समुन्द्रा घिमिरेले २५ मत मात्र पाउनु भएको छ ।

दलित सदस्यमा सिताराम बसेल र जनजाती सदस्यमा फोनिज लमजुङका प्रादेशिक सभासद् भरत रानामगर निर्विरोध चयन भएका छन् । खुल्ला सदस्य तर्फको निर्वाचनमा वेलिना थापा ३५, निरज अधिकारी ३४ सुशीला पौडेल र फोनिज लमजुङका कोषाध्यक्ष सिजन श्रेष्ठले ३३ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यका प्रत्यासी नविन धिताल ३२, वेदराज खनिया ३१ र दिपक अधिकारीले २५ मत पाउनु भएको थियो ।

यसैगरी प्रदेश सभासदमा फोनिज लमजुङका उपाध्यक्ष आसबहादुर गुरुङ(बाबु), कल्पना शर्मा दनाई, जनक श्रेष्ठ, रामकुमार भण्डारी, नारायणप्रसाद पौडेल, वपिन्द्र रेग्मी, फोनिज लमजुङका केन्द्रीय सभासद् युवराज श्रेष्ठ र श्रीकृष्ण लामिछाने निर्विरोध चयन भएका छन् । केन्द्रीय सभासद (महिला) तर्फ कमला के.सी. निर्विरोध चयन हुनुभएको छ ।

केन्द्रीय सभासद पदमा महासंघका निवर्तमान अध्यक्ष नविन कुइँकेल ४१, कृष्णप्रसाद अधिकारी ३९, कृष्ण केसी ३४, मिलन शर्मा दनाई र फोनिज लमजुङका निवर्तमान अध्यक्ष रामजी राना मगर ३३ तथा सिर्जना घिमिरेले ३२ मतका साथ विजयी हुनुभएको छ । सोही पदका प्रत्यासी ऋषिराम अधिकारी २९, बसन्तबहादुर थापा (वासुदेव) ३०, घनबहादुर घिमिरे (जि.वी) २७, गणेश पाण्डे २५ र विरेन्द्र पाण्डे २५ मत पाउनु भएको निर्वाचन अधिकत सन्तोष पौडेले बताउनु भयो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)