मगरात प्राप्तीको आन्दोलनलाई केन्द्रमा राखेर मगर महिला संघले काम गर्छ : अध्यक्ष खासु !

फागुन ५, बर्दिया

मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरले मगर समुदायको मगरात प्राप्तीको आन्दोलनलाई मगर महिला संघको महाधिवेसनले अझ सशक्त रुपमा अगाडी बढाउन र बलियो बनाउन मद्धत गर्ने भन्दै मगरहरुको साझा आन्दोलनलाई केन्द्रमा राखेर कार्य गर्ने बताउनुभएको छ । अध्यक्ष खासुले हाम्रो समुदायका पुरुषहरु विदेशिने चलन रहेकोले पुरुषहरुको हक अधिकारको लागी पनि महिलाहरुले काम गर्नुपर्ने भन्दै हामी महिलाहरुको लागी डबल भार रहेकोले महिलाहरु झन सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । यही फागुन ७ गतेबाट बर्दियामा सुरु हुन लागेको मगर महिला संघको राष्ट्रिय महाधीवेसनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

अधिकार सहितको एकीकृत मगरात स्वायत्त प्रदेश र पहिचानका लागी हाम्रो आन्दोलन, विभेद रहित समाज र हरेक तहमा पुर्ण समानुपातिक प्रतिनिधित्वका लागी नेपाल मगर महिला संघको छैँटौ राष्ट्रिय महाधिवेसन भन्ने मुल नाराको साथ नेपाल मगर महिला संघको छैँटौ राष्ट्रिय महाधिवेसन बर्दियामा हुने भएको छ ।

७ गते शनिबार बर्दियाको गुलरियामा शुरु हुन लागेको महाधिवेसन २ दिन सम्म चल्ने छ । शनिबार महाधिवेसन एक औपचरिक कार्यक्रमका विच नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले महाधिवेसनको उद्घाटन गर्ने कार्यक्र,म रहेको छ । उद्घाटन अघी बर्दियाको सदरमुकाम गलरियामा मगर समुदायको संस्कृतिमा आधारित विभिन्न झाँकी सहितको ¥याली निकालिने कार्यक्रम रहेको छ ।

अहिले सम्म मगर महिला संघको ४७ जिल्लामा कार्यसमिती विस्तार रहेको छ । कार्यसमिती विस्तार रहेका सम्पुर्ण जिल्लाका प्रतिनिधी प¥यवेक्षक तथा बर्दिया लगाएत छिमेकी जिल्लाबाट समेत महाधिवेसनमा मगर समुदायले महाधिवेसनमा सहभागिता जनाउने बताउनुभयो । महाधिवेसनले आगामी कार्यकालको लागी नेतृत्व समेत चयन गर्ने छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)