खुर्पेटोको बेलायतमा उत्साहजनक प्रर्दशन !

युब राज मास्की राना मगर
माघ ४, यु के

मगर सघ लन्डनको स्विन्डन शाखा स्थित नेपाली कम्युनिटी हलमा हिजो उत्साह जनक रुपमा खुर्पेटो प्रर्दशन भएको छ । मगर सघ यु के को स्विन्डन शाखाको आयोजनामा प्रर्दशन भएको खुर्पेटो हेर्न स्विन्डेली बासिको उत्साहजनक उपस्थिती रहेको त्यहाँ स्थित चलचित्र प्रर्दशन मा रहनु भएका श्री युबराज मास्की राना मगरले बताउनु भयो ।

मगर चलचित्र र मगर चलचित्र कर्मीलाई माया गर्दै स्विन्डन शाखाका सचिब श्री पदम थापा मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो । भने अधक्ष्य भिम पुन मगर ले मगर र मगर हरु को कला सस्कृती र यस्लाई जिबन्त प्रतिबिम्बित गर्ने चलचित्र र चलचित्र कर्मिलाई साथ र सहयोग गर्नु पर्ने बताउनु भयो । तेस्तै कोषाधक्ष्य श्री अशोक थापा मगर अनि स्विन्डन महिला सघ का अधक्ष्य श्री इन्दिरा गलामी मगर ले चलचित्र प्रर्दशन गर्न पाएको मा खुशी ब्यक्त गर्नु हुँदै कार्यक्रम को लागी महत्व पुर्ण समय प्रदान गर्नु भएको थियो ।

खुर्पेटो हेरिसके पछी दर्शक हरुले उत्साहपूर्वक खुशी ब्यक्त गर्दै चलचित्र राम्रो रहेको र अझ यस्तै चलचित्र को आशा सहित सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । युके मै पहिलो पटक यसरि चलचित्र प्रदशन गरिएको र यस्ले आगमी दिन मा चलचित्र क्षेत्र र चलचित्र कर्मी लाई महत्व पूर्ण शन्देस प्रदान गरी बिकास र बिस्तार का साथै चलचित्र का लागी कोसेढुगा सबित भएको श्री युब राज मास्की राना मगर ले बताउनु भयो । साथै सो बाताबरण सिर्जना र महत्वपुर्ण साथ र सहयोग दिनु भएको मा त्यहाँ स्थित मगर इन्भेष्ट्मेन्ट फोरम का अधक्ष्य श्री रत्न राना मगर लाई धन्यबाद ब्यक्त गर्नु भयो ।
चलचित्र ले सफलता पूर्वक प्रदशन र उत्शाह जनक राम्रो प्रतिकृया पाउन सफल भएको मा खुशी ब्यक्त गर्दै सपुर्ण मा निर्दशक बिश्वास मगर ९बिकास० ले हृर्दय देखिनै आभार प्रकट गर्नु भयो ।

यस अघी युके शाखा को वेम्ब्ली शाखा,रिडिङ्ग शाखा,फान्ब्रोरो शाखा र वेस्ट लन्डन शाखा फिन्थाम मा प्रर्दशन भएको थियो । अब छिटै नै केन्ट सिटी मा पनि प्रर्दशन हुने कुरा जनाएको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)