लमजुङमा प्रथम शहिद लखन थापा मगर स्मृति दिवसको साथमा मगर पत्रकार संघ गठन

कृष्ण आले
फागुन ४, बेसीशहर, लमजुङ

नेपाल मगर संघ लमजुङको आयोजनामा १ सय ४० आंै लखन थापा स्मृति दिवस मनाएको छ । नेपाल मगर संघ जिल्ला समिति लमजुङको आयोजनामा सदरमुकाम स्थित जिल्ला मगर संघको भवनमा लखन थापा स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रम भवन निमाणार्थ जग्गदाता एवम् समाजसेवी मीन वहादुर राना मगरको प्रमुख आतिथ्यता भएको थियो ।

नेपालमा प्रथम सहिद लखन थापा मगरको फोटोमा माल्यार्पण गरी उनको सम्झनामा दिवस मनाइएको थियो । नेपाल मगर संघ लमजुङका अध्यक्ष राममाया थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा मगर संघका उपाध्यक्ष विष्णुुमाया राना मगर, फोनिज लमजुङका निवर्तमान अध्यक्ष रामजी राना, फोनिज लमजङका अध्यक्ष कृष्णवहादुर आले लगायत मगर अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव यामबहादुर आले मगरले गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपालको प्रथम शहिद लखन थापामगरलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै राज्यले प्रथम सहिदको सम्मान हुनु पर्नेमा जोड दिएका थिए । नेपालको प्रथम शहिद लखन थापालाई तत्कालिन राणाहरुले राणा शासनको विरोध गरेको भन्दै १९३३ सा फागुन २ गते गोरखा वुङकोटमा रुखमा झुण्डाएर मारेका थिए ।

सरकारले २०७३ सालमा असोज ३ गते लखन थापालाई प्रथम शहिद घोषणा गरेको हो । यसै विच लमजुङमा ज्ञानेन्द्र आले मगरको अध्यक्षतामा नेपाल मगर पत्रकार संघ तदर्थ समिति गठन गरिएको छ । नवगठित मगर पत्रकार संघको उपाध्यक्षमा भरत राना, सचिवमा सोमिका आले मगर, कोषाध्यक्षमा रोजिना आले मगर चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा एलिशा थापा मगर, विमला थापा मगर, सुमिना थापा मगर, गणेश राना मगर रहेका छन् । नवगठित मगर पत्रकार संघका अध्यक्ष आले मगरले छिट्टै जिल्ला अधिवेसन गर्ने बताउनु भएको छ । नेपाल मगर पत्रकार संघ लमजुङको तदर्स समितिको गठन मगर पत्रकार संघका केन्द्रीय सदस्य कृष्णबहादुर आले मगरको विशेष उपस्थितिमा भएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)