अन्तर्राष्ट्रिय नमुना पोखरा लाइभ स्टक / युवाहरुको प्रेरणाको श्रोत छ्याम थापामगर !

मिना थापामगर
पोखरा

वैदेशिक रोजगारको सिलसिलामा कोरियामा १५ वर्ष बिताएका क्षेत्रीय भलिबल संघका अध्यक्षसमेत रहेका छ्याम थापाले त्यहाँ सिकेको सीप स्वदेश फर्केपछि प्रयोग गरेका छन् । देशको बेरोजगारी समस्याबाट बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा पुगेका थापामगरले त्यहाँ सिकेको सीपलाई स्वदेश फिर्ता पश्चात् बंगुर व्यवसाय सञ्चालन गरेका हुन् । यस व्यवसायलाई निर्वाहमुखि मात्र नभई व्यवसायिक उत्पादनमा विशेष योगदान पु¥याउने उद्देश्यले पोखरा लाइभस्टक प्रा.लि. स्थापना गरेर देशको नमूना व्यवसायीको रुपमा परिचित छन् थापामगर । २०६२ सालदेखि लेखनाथ रिठ्ठेपानीमा ४ रोपनी क्षेत्रफलमा २ वटा बँदेल र ६ वटा बँगुर पालनबाट सुरु भएको ‘पोखरा लाइभ स्टक प्रा.लि’ मा हाल २ हजार भन्दा बढी बँगुर तथा बँदेल छन् । अहिले १३ रोपनी जग्गामा ५ करोड बराबरको लगानीमा उक्त फारम सञ्चालन भइरहेको छ भने प्रा.लि. ले २५ जनालाई रोजगार समेत प्रदान गरेको छ । बंगुर पालन मात्र नभई अत्याधुनिक प्रविधिको प्रयोग गरी उन्नत जाताका बंगुर पाठापाठीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको थापाले जानकारी दिएका छन् । हाल १८ सयको हाराहारीमा रहेको बंगुरको संख्या आगामी वर्षसम्म थप बढाउँदै लाने लक्ष्य छ ।

यो कम्पनीले वि.सं. २०७२ सालबाट नेपालमा नै पहिलोपटक बंगुरको कृत्रिम गर्भाधान एआइ ल्याबको स्थापना गरी ल्यावकै माध्यमबाट उन्नत जातका पाठापाठीहरु उत्पादन गर्न सफल भइरहेको छ । त्यहाँ ल्याङ्ड्रेस, योक्सायर, ड्युरो जातका बंगरको उत्पादन गरिन्छ भने यसअघि यी बंगुरको उत्पादन क्यानडा, अमेरिका, हल्याण्डबाट आयातित भएका कारण यसको नयाँ उत्पादन तथा हाइ ब्लीडको लागि विदेशबाट सरकारी फारममा भित्रिने गरिन्थ्यो । हाल उक्त प्रविधिलाई यस कम्पनीमा मात्र प्रयोग नभई अन्य साना तथा ठुला बंगरपालक किसानहरुलाई समेत प्रशिक्षित गराउँदै अगाडि बढाउने जमर्को गरिएको छ ।

पाठापाठी मात्र नभई किसानहरुको मागलाई मध्यनगर गर्दै उन्नत जातका छतौरी माउ तथा भालेहरु समेत उपलब्ध गराउँदै आइरहेको छ यस प्रा.लि. ले । व्यवसायिक रुपमा नेपालमा नै एकमात्र ठुलो अत्याधुनिक प्रविधियुक्त पोखरा लाइभस्तक प्रा.लि. नेपाल सरकारले कृषि क्षेत्रमा राष्ट्रिय स्तरबाट प्रदान गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७१÷०७२ बाट समेत सम्मानित भएको छ । यो पुरस्कारबाट पुरस्कृत भइसकेपछि प्रा.लि. राष्ट्रि तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित भएको छ । त्यसैले गर्दा हाल प्रा.लि.को अवलोकनका लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका कृषकमात्र नभई विभिन्न मुलुकका प्रतिनिधि, सरकारी तथा गैरसरकारी तवरका विभिन्न ओहोदाका व्यक्तिहरु आउने गरेको बताउनुहुन्छ थापामगर । यसबाट के प्रमाणित हुन्छ भने पोखरा लाइभ स्टक प्रा.लि. भविष्यमा गएर एग्रो टुरिजम कृषि पर्यटन तथा बंगुर सम्बन्धी खोज अनुसन्धान केन्द्र समेत हुन सक्ने सम्भाबना बोकेको छ ।

फर्म हाउसको आफ्नै दाना उत्पादन कम्पनी समेत हरेको छ । उक्त दाना अन्य बंगुर पालक किसानहरुलाई समते उपलब्ध गराउँदै आइरहेको बताउनुहुन्छ उहाँ । बंगरका मासुका पाखरी, उपभोक्ताहरुलाई स्वस्थ्यकर मासु उपलब्ध गराउन पोखरा लाइभस्टक प्रा.लि.बाट उत्पादित बंगुरको मासु प्रशोधन गर्न कम्पनीले वि.सं. २०७२ माघ महिनादेखि आफ्नै स्लटर हाउस (बध स्थल) संचालनमा ल्याएको छ । यो प्रविधि पोखरामा नै पहिलो हो । जहाँ दक्ष प्राविधिकबाट प्रमाणित भई मासुका लागि योग्य ठहरिएका बंगुरहरुलाई अत्याधुनिक ढंगबाट बध गरी बजारसम्म ल्याउने सुविधा रहेको छ । उक्त मासु उत्पादनलाई उपभोक्तामाझ सरल रुपमा पु¥याउन अरिराङ पोखरा मिट प्रोडक्ट प्रा.लि.को स्थापना समेत भएको छ । यो प्रोडक्टले फ्रोजन प्रक्रियाद्वारा उत्पादित स्वस्थकर मासुलाई उपभोक्तामाझ पु¥याउन विशेष पहल गरेको छ । आगामी वर्षमा यो विधिद्वारा उत्पादन गरिएको मासु छिमेकी राष्ट्र भुटानसम्म सप्लाई गर्ने थापामगरको लक्ष्य रहेको छ । हाल बंगुर व्यावसायबाट मासिक २० लाख बराबरको कारोबार भएको छ्याम थापामगरले जानकारी दिनुभयो ।

प्रा.लि.को आफ्नै फ्रेसहाउस समेत रहेको छ । पोखराको बुद्धचोकमा विगत १० वर्षदेखि थापा फ्रेसहाउस सञ्चालनमा आएको हो । उक्त फ्रेस हाउसमा बंगुरका विभिन्न प्रकारका मासुहरु उपभोक्ता माझ बिक्री वितरण गर्दै आइरकेको छ । भाइ राजु थापामगरले फ्रेसहाउसको जिम्मेवारी सम्हाल्दै आएका छन् । पोखरा लाइभ स्टक प्रालिका सेवाहरु ः पोखरा लाइभ स्टक प्रा.लि.मा विभिन्न जातका बंगुरका पाठापाठी तथा छरौता र भालेहरु पाइन्छन् । विभिन्न खालका दाना, विभिन्न मासुका आइटम तथा प्रांगारिक मल पाइन्छन् । बंगुर पालनका लागि तालिम, सल्लाह तथा सुझाव समेत लिन सकिन्छ ।

पहिले रोजगारीका लागि विदेश हानिएका थापा दाजुभाइ अहिले स्वयं २५ जनालाई रोजगारी दिएका छन् । विदेशिए पनि त्यहाँ सिकेको सीप स्वदेश फर्केपछि प्रयोग गर्नुपर्छ, छ्याम थापाको सुझाव छ, जसले गर्दा देशको आर्थिक समृद्धिमा टेवा पुग्नुको साथै युवा बेरोजगार पनि क्रमशः घट्दै जानेछ । आफूले दुख गरेर पनि आफ्नै माटोमा लगानी हुने र आफ्नो र भविष्यको लागि सुरक्षित हुने हुनाले विदेशमा बसेर समय खेर फाल्नु बेकार लाग्छ छ्याम थापामरलाई ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)