चैत १२ गते काभ्रेमा खुर्पेटोको प्रर्दशन हुने !

बिश्वास मगर
फाल्गुन १, काभ्रे

देश बिदेशको सफलता पूर्वक प्रर्दशन सगै काभ्रेमा पनि खुर्पेटो प्रर्दशन हुने भएको छ ।

हिजो सम्पन्न नेपाल मगर सघ काभ्रेको बुडोल स्थित मगर सघको भबनमा सम्पन्न बैठक बाट बिश्वास मगर (बिकास)द्वारा निर्देशित मगर कथानक नेपाली भाषाको चलचित्र खुर्पेटो आगामी चैत १२ गते शनिबार काभ्रेको बनेपा स्थित श्री मयुर चलचित्र मन्दिर बनेपामा प्रर्दशन हुने बताएको छ ।

मगर पहिचानमुलक मगरको राष्ट्रिय झन्डामा अंकित खुर्पेटो यस्को पहिचान ,कला,बिशेषता,महत्व जस्ता पक्षलाई समेटिएर निर्माण गरिएको समाजिक यथार्थ पुर्ण नारिचित्रण सन्देशमुलक साथै मगर कला सस्कृती पुर्ण चलचित्र भएकोले काभ्रेमा यो चलचित्र प्रर्दशन गर्नु आबश्यक भएको निर्दशक बिश्वास मगर्(बिकास)ले बताउनु भयो ।

नेपाल मगर सघ काभ्रेका अधक्ष्य श्री राजकुमार मस्याङी मगरको अधक्ष्यता सम्पन्न बैठकमा चलचित्र प्रर्दशन सगै मगर सस्कृतीको पहिचान का साथै शंरक्षण र संम्बर्दनका लागी मगर मौलिक नृत्य कौरा प्रशिक्षण ,त्यस्तै मगर शिक्षक सम्बन्धी कार्यक्रम ,मगर युबा युबतीको लागी सिपमुलक कार्यक्रम का साथै स्वास्थ्थ सम्बन्धी माथी छलफल सम्पन्न भयो ।

नेपाल मगर सघ काभ्रे,मगर सास्कृतिक सघ काभ्रे,मगर चलचित्र कर्मी सघ काभ्रे र मगर बिद्याथी सघ काभ्रेको संयुत्त आयोजनामा काभ्रेमा खुर्पेटो प्रर्दशन हुन लागेको हो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)