“रैया” आज एक कार्यक्रमका विच कावासोतिमा प्रदर्शन !

कमला राना मगर
माघ २६, कावासोती

जातिय पहीचान सगै रक्षा कवच को रुपमा रहेको रैया, मगर कथानक चलचित्र आज एक कार्यक्रमका विच कावासोतिमा प्रदर्शन भएको छ ।

नेपाल मगर युवा संघ कावासोति नगर कमिटिको आयोजनामा भएको कार्यक्रममा मगर अगुवा एव समाज सेवि दुर्गा बाहादुर राना मगर प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी रानाले विभिन्न माध्यमबाट आफनो भाषा सस्कार तथा परम्परा जगेर्ना गर्नको लागी नया युवा पिढीलाइ हस्तान्तरण गर्दैै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल मगर युवा संघ कावासोति नगर कमिटीका अध्यक्ष कृष्णा राना मगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मगर संघ नवलपरासी जिल्ला कार्य समितीका सचिव इन्द्र फाल मगर, बुद्धिजिवी परीषदका सल्लाहाकार बाबुराम राना मगर, छविलाल राना मगर, देवि सरा पुलामी मगर, हेमा आले मगर, सहज राना मगर, भिम गाहा मगर लगाएतको सहभागिता रहेको थियो ।

मेजन पुनको निर्देशन रहेको चलचित्रमा अशोक आले, प्रिया थापा, दुर्गा थापा, अनिता राना लगाएतको अभिनय रहेको छ । देव गाहा मगरको सचालन रहेको कार्यक्रममा चलचित्रका कलाकारहरुलाइ मायाको चिनो समेत प्रदान गरीएको थियो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)