खुर्पेटोको देश बाहिर भव्य प्रर्दशन !

मगर मिडिया, बेलायत
जनवरी ४, २०१७

मिफु्रङ्ग फिल्म प्रोडक्शन प्रा. ली.को ब्यानरमा भिमरानाको परिकल्पना, राजेन्द्र आले (तुल)को लगानी र विश्वास मगर (विकास)को निर्देशनमा निर्माण भएको मगर कथावस्तुमा आधारित चलचित्र खुर्पेटो देश तथा विदेशमा प्रदर्शन भई रहेको छ । यसै क्रममा बेलायतको साउथ ह्यारो स्थित ह्यारो बरो फुटबल क्लवको हलमा खुर्पेटो प्रदर्शन भयो । चलचित्र ःब्ग्प् वेम्ब्ली ले आयोजना गरेको हो । मगर संघ युकेको संयोजनमा विभिन्न शाखा संस्थाहरुकोे स्थानिय आयोजनामा चलचित्र खुर्पेटो प्रदर्शन हुन गइरहेको हो ।

मिफु्रङ्ग युथ क्लव वेम्ब्लीका उपाध्यक्ष संदिप रानामगरको उद्घोषणमा संचालन भएको उक्त शोमा चलचित्र प्रदर्शन हुनु अगाडि वेम्ब्ली मगर संघका सचिव गंज आलेमगरले हाम्रा विषयवस्तुको चलचित्रलाई समुदायको सहयोगको खांचो रहेको बताउनु भयो । चलचित्र शुरु हुनु अगाडि मगर चलचित्रकर्मी संघद्धारा निर्माण भएको छोटो चलचित्र गुठ प्रदर्शन गरिएको थियो जसलाई हेरेर लोपोन्मुख परम्परागत प्रथाजनित कानुन हेर्न पाएकोमा दर्शकहरुले रमाइलो मानेका थिए । परम्परागत अभ्यासको बारेमा आफुले धेरै सुनेको तर देख्न नपाएको तर आज चलचित्रमा देख्न नपाउदा निकै रमाइलो र ज्ञानवद्र्धक भएको दर्शक पुर्णिमा थापामगरले बताउनु भयो । २०५१ सालदेखी मगर भाषा संस्कृतीमा चलचित्र निर्माण हुन शुरु भएता पनि निर्माण, वितरण र प्रदर्शनको उचित विकास नभई सकेको त्यसको लागि समुदायको पनि ध्यान जानुपर्ने आवश्यकताबारे जोड दिदै, कला सृजना र संवद्र्घन गर्न उपयुक्त वातावरण सिजृना गर्दै जान, अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने प्रयास स्वरुप हाल आफु बेलायत आई बेलायत मगर संघ र अरु नेपाली कलाधर्मीहरुसंग भेटघाट, छलफल र योजना गरिरहेको मगर चलचित्रकर्मी संघका अध्यक्षले बताउनु भयो ।

चलचित्र प्रदर्शन पश्चात् चलचित्र र कलापक्ष निर्माण र वितरणबारे पनि आफ्नो विचार व्यक्त गर्दै मगर इन्भेष्टमेन्ट फोरमका अध्यक्ष रत्न राना मगरले आयोजकलाई धन्यवाद दिनुभयो । यसै गरि लुम्विनी विहारका अध्यक्ष कृष्ण दर्लामीले चलचित्रकर्मीहरुले चलचित्र बनाउदा दर्शक पक्षले पनि उत्तिकै सहयोग र चासो राख्नुपर्ने आवश्यकता प्रकाश पार्नुभयो । वेम्बली मगर संघका सांस्कृतिक संयोजक तथा चलचित्र पातेंं लगायत लगायतकी कलाकार सरु रानाले चलचित्रकलालाई हामी डायोस्पोरामा बसेका नेपालीहरुले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनु भयो भने मिफु्रङ्ग युथ क्लवका अध्यक्ष यमुना आलेमगरले बेलायतमा भएको समुदायको कार्यक्रमहरुमा आफुहरुले सहयोग गर्दै आएको र यो साल चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरेको बताउनु भयो । चलचित्र सकिए पछि पनि दर्शकहरु समिक्षा सुन्न सुनाउन धेर्यसाथ बसिरहनुभएका दर्शकहरुले चलचित्रकला लगायत अन्य कलापक्षको उचित विकास नभई समाजको पुर्ण विकास नहुने वक्ता र दर्शकहरुको भाव थियो ।

त्यसै गरी मगर सघ कुबेतको आयोजनामा जनवोरी 27 मा कुबेतको Jaliph Wedding Hall मा पनि सफलता पूर्वक प्रर्दशन भयो । कुबेत मा पनि खुर्पेटो ले दर्शकको मन जित्न सफल भएको कुबेत मै रहनु भएको निर्माता राजेन्द्र आले मगर्(तुल्)ले जनाउनु भयो ।

फिल्मको सफलता पूर्वक प्रर्दशन र खुर्पेटो ले पाएको सन्तुष्टिजनक प्रतिकृया प्रती खुशी हुँदै आ-आफ्नो ठाउमा प्रर्दशन का लागी सहयोग गर्नु हुने युकेका लागी मगर ईन्भेस्ट्मेन्ट फोरम का अधक्ष्य श्री रत्न राना मगर ,मगर सघ युके,मगर चलचित्र कर्मी सघका अधक्ष्य श्री युब राज मास्की राना मगर्,मगर सघ कुबेत र राजेन्द्र आले मगर्(तुल्)प्रती खुर्पेटोका निर्देशक बिश्वास मगर (बिकास)ले धन्यबाद ब्यक्त गर्नु भयो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)