मगर विद्यार्थी संघका नवनिर्वाचित केन्द्रीय सदस्यद्वय रोका र पुन सम्मानित !

रूद्र श्रीसमगर
पोखरा

नेपाल मगर विद्यार्थी संघ कास्कीले मोरङको लेटाङमा सम्पन्न संघको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यद्वय प्रेम रोकामगर र लालकुमारी पुनमगरलाई सम्मान एवं बधाई ज्ञापन गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यद्वय रोका र पुनलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य प्रेम रोकामगरले मगर जातिको हक, हित र अधिकारका पक्षमा सधैं लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्की केन्द्रीय सदस्य लालकुमारी पुनमगरले मगर विद्यार्थीहरूको सहयोग र साथले नै आफू यो स्थानमा आइपुगेको बताउँदै मगर समुदायको शैक्षिक विकासका लागि आफूले केही गर्ने अठोट लिएको सुनाउनुभयो ।

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर र केन्द्रीय सचिव मनोज घर्तीमगरले बधाई एवं शुभकामना दिँदै राज्यका हरेक निकायमा मगर समुदायको प्रतिनिधित्व र पहुँच पु¥याउन मगर विद्यार्थीहरूले आ–आफ्नो क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगरले गर्नुभएको थियो ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)