मगर विद्यार्थी संघको “नवौं राष्ट्रिय महाधिवेसन” बाट कमल थापामगरको अध्यक्षतामा ६३ सदस्यीय नयाँ कार्यसमिति गठन (नाम लिस्ट सहित)!

मगर मिडिया
माघ १८, मोरङ

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर विजयी हुनुभएको छ । आफ्ना प्रतिद्धन्दी रहनुभएका गोम रानालाई १२ मतले पछी पादै कमलले १ सय ८७ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो भने उहाँका प्रत्यासी गोम राना मगरले १ सय ७५ मत प्राप्त गर्नुभएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार थापामगर २२३ मत प्रप्त गरी निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा निरमा श्रीस मगर निवीरोध चुनिनु भएको छ ।

त्यस्तै महासचिवमा हिमाल घर्तिमगर १ सय ९४ मत ल्याई विजयी बन्नुभएको छ, भने अठार मगरात क्षेत्रको भाषिक उपाध्यक्षमा एक सय ५७ मत लिएर जुनु बुढामगर निर्वाचित हुनुभएको छ । काईके मगरातमा क्षेत्रको भाषिक उपाध्यक्षमा निरज पुन र बाह्र मगरात भाषिक उपाध्यक्षमा मनिष सुर्य मगर सर्व सम्मत रुपले चुनिनुभयो ।

त्यसैगरी १ सय ६३ मत प्राप्त गरी लोकमान पुन मगर मुख्य सचिवमा, १ सय ६६ मत ल्याएर तेजबहादुर राना मगर संगठन सचिवमा, १ सय ८० मत ल्याएर कला आले मगर प्रचारप्रसार सचिवमा निर्वाचित भएका छन् । त्यसैगरी २ सय ८५ मत ल्याएर चन्द्र संगिन थापा मगर विदेश सचिवमा निर्वाचित भएका छन् भने १ सय ८० मत ल्याएर चित्रबहादुर पुलामी मगर कोषाध्यक्षमा निर्वाचित भएका छन्।महिला सचिवमा सुमना थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमा बाग्मती, राप्ती र जनकपुर अञ्चलमा निर्वाचन भएको थियो। बाँकी सबै अञ्चल तथा प्रतिष्ठान कमिटिमा निर्विरोध भएका थिए। ६३ सदस्यीय निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ। सर्व सम्मत रुपले नेतृत्व चयन गर्ने भनिएपनि नेतृत्वको लागी सहमती हुन नसकेपछि मतदान गरिएको थियो ।

“अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तीको लागी साझा आन्दोलन, वैज्ञानिक व्यवहारिक र संघिय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेसन” भन्ने मुल नाराको साथ मोरङको लेटाङ स्थित भोगटेनीमा एक कार्यक्रमको विच सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभएको अधिवेसनले ६३ सदस्यिय नँया कार्य समिती चयन गर्दै मंगलबार सम्पन्न भएको हो । निर्वाचन प्रक्रिया लम्बिएकोले निधारित समय भन्दा एक दिन ढिला गरी अधिवेसन मंगलबार सम्पन्न भएको हो ।

निर्वाचन समितिले प्रकाशित गरेको नाम लिस्ट यस प्रकार छ:

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)