फेर्च नमखान महिला समुहको अध्यक्षमा पार्वती थापा !

माघ ११, स्याङ्जा

स्याङ्जाको तुल्सीभञ्ज्याङ ८ भाटिमा रहेको श्री फेर्च नमखान महिला समुहको महिला भेलाले पार्वती थापा पल्लीको अध्यक्षतामा ९ सदस्यिय नँया कार्यसमिती गठन गरिएको छ । सनिबार समुहकै कार्यालय तुल्सीभञ्ज्याङमा भएको महिलाहरुको भेलाले नँया कार्यसमिती चयनको गरेको हो ।

जस्को उपाध्यक्षमा गंगादेवी थापामगर, सचिवमा चन्द्रादेवी थापा, सह सचिवमा शिला पल्ली, कोषाध्यक्षमा याममाया पल्ली, सदस्यहरुमा हिरा पल्ली, पिंकी पल्ली, कला सोमै, एलिना थापा लगाएत रहेका छन ।

त्यसै गरी महिला समुहको भेलावाट कामलाइ अझ प्रभावकारी बनाउन तिर्थ कुमार थापाको संयोजकत्वमा विशेस सल्लाहाकार समती पनि गठन गरिएको छ । सल्लाहाकार समितीको सदस्यहरुमा शिवराज थापा, ठाकुर वहादुर थापा, छमिसरा थापा, सोम वहादुर पल्ली, वल वहादुर पल्ली, श्री वहादुर पल्ली, खिम वहादुर थापा लगाएत रहेका छन ।

आमा समुहको नया कार्य समितीको तर्वबाट नव निर्वाचित अध्यक्ष पार्वती थापा पल्लीले आफुलाइ आमा समुहरुको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा रहेका विकृति र विसंगति हटाउन र महिलाहरुलाइ सचेत वनाउन महिला समुहको निक्कै राम्रो भुमिका रहने भएकाले आफ्नो कार्य समितीले पनि ति कार्यहरुलार्इ विशेश प्राथामीकताका साथ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

श्री फेर्च नमखान महिला समुहकी निवर्तमान अध्यक्ष छमिसरा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नव निर्वाचित अध्यक्ष पार्वती पल्लीले गर्नुभएको थियो भने सञ्चालन सुमित्रा थापाले गर्नुभएको थियो । फेर्च नमखान महिला समुहको सक्रियतामा र जन श्रमदान द्धारा नौ लाख वरावरको दुइतले पक्की भवन निमार्ण भएको छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)