दमौली अस्पतालको अध्यक्षमा पहिलो पटक मगर समुदायका बसन्त आले नियुक्त !

प्रताप रानामगर
माघ ११, तनहुँ

तनहुँको दमौली स्थित दमौली अस्पतालको अध्यक्षमा बसन्त बहादुर आले मगर नियुक्तहुनभएको छ । दमौली अस्पतालको अध्यक्ष पदमा मगर समुदायबाट यस अघि सम्म कोही पनि नियुक्त भएका थिएनन् । नेपाल विद्यार्थी संघ तनहुँका पूर्व अध्यक्ष तथा कांग्रेसका युवा नेता समेत रहनुभएका आलेलाई स्वास्थ्य मन्त्री गगन थापाले दमौली अस्पतालको अध्यक्षमा नियुक्त गरेपछी मगर समुदायबाट इतिहासमै पहिलो पटक आले मगर दमौली अस्पतालको अध्यक्ष हुनुभएको हो ।

दमौली अस्पतालका नवनियुक्त अध्यक्ष आले मगरले एक समारोहका बीच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष आलेले १५ शैंयाको दमौली अस्पताललाई स्तरउन्नती गरी ५० शैंया बनाउनका लागि पहल गर्ने बताउनुभएको थियो ।

तनहुँ जिल्ला मात्र नभई लम्जुङ्ग र गोरखा जिल्लाका बिरामीले समेत स्वास्थ्य उपचार लिने भएकाले दमौली अस्पताललाई ५० शैया क्षमताको बनाउन आवश्यक रहेको र त्यसका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । ५० शैंयाका लागि आवश्यक जग्गाका लागि सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरिने अध्यक्ष आले मगरले बताउनुभयो ।

हाल अस्पतालमा रहेको उपरकारणको उचित सदुपयोग गरी दक्ष जनशक्तिको समेत व्यवस्था गरिने, अस्पतालमा निशुल्क प्राप्त हुने औषधीको उचित व्यवस्थापन गरी बडापत्र बनाई अस्पताल परिसरमा पारदर्शि ढंगले राखिने, अस्पतालमा जाने मोटर मार्गलाई व्यवस्थित तथा सहज बनाइने, अस्पताल परिसरमा रहेको चमेनागृह आधुनिकीकरण तथा व्यस्थथित गर्नका लागि प्रक्रिया अगाडि बढाउने योजना तयार पारिएको दमौली अस्पतालका नवनियुक्त अध्यक्ष आलेमगरले पदभार ग्रहणका क्रममा बताउनुभएको थियो ।

अस्पताल सुदृढिकरण शीर्षकमा बार्षिक ४० लाख रुपैयाँ भन्दा माथि रकम विनियोजन गरिदै आए पनि त्यसको सदुपयोग नभएको जनगुनासो भएको भन्दै छानबिन गरी अबको दिनमा उक्त बजेट उचित व्यवस्थापन गर्ने अध्यक्ष आलेको भनाई रहेको छ ।

Yamuna Ranamagar

Yamuna Ranamagar

Yamuna Ranamagar is Media Reporter for Magars Creation Company (Multipurpose Investment Company). She Works Under Shyam Ranamagar For NICE Media Network. She Writes News and Reports for Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com. Taking Video Interview is Her Major Job. She Also Maintains Admin and Marketing Roll at The Office.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)